शनिबार १४ माघ २०७९

काठमाडौँ / सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तो’डिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो । यसअघि सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

यो प’नि प’ढ्नु’होस् :- प्रतिनिधिसभा नियमावली बनाउन २१ सदस्यीय समिति गठन : काठमाडाैँ / प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । २१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला र प्रदिप यादव हुनुहुन्छ ।

त्यस्तैगरी सो समितिमा प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही पनि रहनु भएको छ ।

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिनु भयो ।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया