मंगलबार ०९ आश्विन २०८०

टोकियो (जापान)/ जापानको मियागी प्रिफेक्चरलाई केन्द्र बनाएर ७.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार ६ बजेर १८ मिनेटमा भूकम्प गएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

भूकम्पपछि मियागी क्षेत्रमा १ मिटर सम्मको सुनामी आउनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । हालसम्म क्षतीको विवरण भने आइसकेको छैन ।

तर तोहोकु क्षेत्रमा द्रूत गतिको रेल सेवा (सिनकानसेन) बन्द गरिएको छ । साथै, मियागी प्रिफेक्चरका २०० घरमा विद्युत आपूर्ति बन्द भएको छ।

त्यस्तै, मियागी प्रिफेक्चरको वातारी शहरमा आपतकालीन शिविर बनाइएको छ, भने ६ हजार ७ सय ६५ परिवारका १८ हजार ४२० जनालाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ ।

४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया