
कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी केही दो’ष भएमा भाग्यले साथ दिँदैन । कुण्डलीको दो’षबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ ।
वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।
ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।
यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँने बताइन्छ ।
स्त्री मान्छेले विहान सबेरै उठेर यस्ता काम गर्दा वैभव प्राप्त हुने शास्त्रले जनाउँछ । विहान सवेरै उठेर पूजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ । ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दुर्भा’ग्य ह’टे’र भाग्यले साथ दिने विश्वास गरिन्छ ।
महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धित कुनै पनि काम राम्रोसँग पूरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन । लक्ष्मी माताको कृपा पाउनका लागि केही उपाय छन्। ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।
शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पूजा पाठ गर्दा त्यसको फल पतिसहित घर परिवारलाई मिल्ने विश्वास गरिन्छ। शास्त्र अनुसार विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रता हुन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाईमा ध्यान दिनपर्छ ।
स्नान आदि कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पूजा गर्नुपर्दछ । पूजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ । पूजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ । त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। यस गर्दा सुख, सन्तुष्टि र बैभव मिल्ने विश्वास गरिन्छ ।
यो पनि :- यी महिनामा जन्मिने मानिस हुनेछन् धनवान एवम् बैभवशाली : ज्योतिष शास्त्र,
ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो। मङ्गलवार मङ्गलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ।
बिहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरूले तपाईँको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन्। त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ।
आज हामी तपाईँहरूलाई महिना अनुसार व्यक्तिको स्वभाव र भाग्यको बारेमा बताउन जाँदैछौँ।वैशाखः वैशाख महिनामा जन्मिएका व्यक्तिहरू धनवान् ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन्।
यस महिना जन्म भएकाहरू अरूसँग मित्रवत् व्यवहार गर्ने र कसैसँग कुनै दुस्मनी बनाउन नचाहने स्वभावका हुन्छन्। जेष्ठः यस महिनामा जन्मिएका व्यक्तिहरू धेरै मेहनती र उत्तम बुद्धि भएका हुन्छन्। उनीहरू
आफ्नो कडा परिश्रम र मेहनतको बाबजुद प्रशस्त सम्पत्ति आर्जन गर्न सक्छन्। असारः असार महिनामा जन्मिएका व्यक्तिहरू निकै भाग्यमानी हुने गर्छन् र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यस महिना जन्मेकाहरूले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन्। साउनः साउन महिनामा जन्मेका व्यक्तिहरू धार्मिक कामहरूमा बढी रुचि राख्ने गर्छन्।
उनीहरूको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरू आफ्नो पार्टनरबाट भरपुर माया पाउने हुँदा जीवनभर सुखी र खुसी रहन सक्छन्।
भाद्रः भाद्र महिनामा जन्मेका महिलाहरूले व्यक्तिहरू निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका व्यक्तिहरू मिठो बोली र सरल भएका हुन्छन्। कडा मेहनत र परिश्रमका बाबजुद यिनीहरूले प्रशस्त धन सञ्चित गर्न सक्छन्।
असोजः यस महिनामा जन्म भएका व्यक्तिहरू निकै सुन्दर ,पवित्र मन भएका र धनवान् हुने गर्छन्। यिनीहरू अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन्। कार्तिकः यस महिनामा जन्मिने व्यक्तिहरू घम’न्डी स्वभावका भए पनि निकै धनवान् र बुद्धिमानी हुने गर्छन्।
यस महिना जन्म भएका मानिसहरू भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका हुन्छन्। यिनीहरू अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न सक्दैनन्।
मंसीरः मङ्सिर महिनामा जन्म हुने मानिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन्। उनीहरू झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका व्यक्तिहरूको मन धार्मिक काममा बढी जान्छ ।
यिनीहरू प्रशस्त धन आर्जन गर्न सफल हुन्छन् तर खर्च बढी गर्ने बानीका कारण त्यति धन सञ्चित गर्न भने सक्दैनन्। पुषः यस महिनामा जन्मेका मानिसहरूको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ। उनीहरू
आफ्नो कडा मेहनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन्। पुष महिनामा जन्म लिएका व्यक्तिहरूले सामाजिक कामबाट समेत ठुलो मान सम्मान पाउन सक्छन्।
माघः यस महिना जन्मिएका व्यक्तिहरूको मन निकै सफा हुने हुँदै अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरू हँसिलो र जिद्दी स्वभावका हुन्छन्। माघ महिनामा जन्म भएका मानिसहरूलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त सम्पत्ति जोड्ने मौका मिल्नेछ।
फाल्गुण : फाल्गुण महिनामा जन्मेका मानिसहरू निकै दयावान्, धनवान् र विद्यावान् हुने गर्छन्। उनीहरू अन्य कसैको दुख देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन्। यस महिना जन्मेका व्यक्तिहरू निकै रिसालु स्वभावका भए पनि अरूको दुखमा सधैंब साथ सहयोगका लागि अगाडी बढ्ने गर्छन्।
चैतः यस महिनामा जन्मेका व्यक्तिहरू पैसाको राम्रो बन्दोबस्त गर्न सक्ने हुँदा ठुलो मात्रामा धन सञ्चय गर्न सक्छन्। चैतमा जन्म भएका व्यक्तिहरूले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्याउन आवश्यक हुन्छ। यिनीहरू निकै रिसालु भए पनि अरूलाई दया गर्ने स्वभावका हुने गर्छन्।
यसैगरी सबै मानिसको शरीरमा जन्मजात वा पछि शरीरको बिभिन्न स्थानमा निशान चिह्न अर्थात कोठी आउने गर्दछ । यी कोठीले मानिसको शारी रिक, आर्थिक र चरित्रको बारेमासमेत संकेत गर्ने शास्त्रहरुमा उल्लेख छ ।
समुन्द्र शास्त्रका अनुसार शरीरमा भएका यी चिह्नको आधारमा व्यक्तिको भविष्य मूल्यांकन समेत गर्न सकिन्छ ।आखी भौको कोठि:- यदि दुबै आँखी भौंमा कोठी छ भने त्यस्ता व्यक्तिले यात्रा गरिरहने स्वभाव हुने गर्दछन् । यदि आँखी भौंको बीचमा छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्नसक्ने क्षमताका हुने मान्यता छ ।
नाकको कोठी:- यदि नाकमा कोठी छ भने यी व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने स्वभावका मानिन्छन् । नाकको दायाँतर्फ कोठी छ भने धेरै पैसा कमाउने संकेत मानिन्छ ।
ओठको कोठी:- ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् । त्यस्तै ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मनपराउँछन् ।
कानको कोठी:- कानको कुनै पनि भागमा कोठी भएका व्यक्तिले राम्रो कमाउने र उनीहरुको जीवनशैली भव्य हुन्छ संकेत गर्दछ । तर यी अंगमा कोठी हुनेहरुमा बचत गर्ने बानी हुँदैन ।
टाउकोमा कोठी:- टाउकोमा रहेको कोठी कपाल खौरिए पछि मात्र देखिन्छ । यदि टाउको दायाँ भागमा कोठी छ भने यी व्यक्ति राजनीतिमा सफल हुने संकेत मानिन्छ । यदि कोठी रातो छ भने त्यस्ता व्यक्ति नेता हुने मान्यता छ ।
निधारको कोठी:- कुनै ब्यक्तिको निधारको मध्य भागमा कोठी छ भने यो निर्मल प्रेमको निशानी हो । निधारको दाहिनेतर्फको कोठीले बिषयगत निपूर्णता दर्साउँछ भने बायाँतर्फको कोठी फजुल खर्चको प्रतिक मानिन्छ ।
गालाको कोठी:- गालामा रातो कोठी हुने ब्यक्तिलाई शुभ फल प्राप्त हुने मान्यता छ । गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुने गर्दछन् । बायाँ गालामा कोठी भएकाहरु अन्र्तमुखी स्वभावका र रिसालु हुने दर्साउँछ ।
घाँटीको कोठी:- घाँटीको पछाडि कोठी हुने मानिसहरु रिसालु प्रवृत्तिका हुन्छन् । घाँटीको अग्र भागमा कोठी भएकाहरु राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ ।
काँधमा कोठी:- काँधको दायाँतर्फ कोठी भएका मानिसहरु बलवान् र साहसी हुन्छन् भने बायाँ काँधमा कोठी हुनेहरु अरुसँग झ’गडा गर्न अग्रसर हुन्छन् ।आँखामा कोठी:- दायाँ आँखामा भएको कोठीले जीवनसाथीसँग राम्रो सम्बन्ध हुने बताउँछ भने दाहिने आँखाको कोठीले सजिलै पैसा कमाउन सक्ने संकेत गर्दछ ।