आइतबार १५ माघ २०७९

विराटनगर / सेती नदीको खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान खसेर दुर्घट’नाग्रस्त भएको छ । दुर्घ’टनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए ।

मोरङ जिल्लास्थित हालको विराटनगर–५ मा रहेको चाँदनीचोकमा जन्मे हुर्केर विराटनगरमै माध्यमिक तहको अध्ययन पूरा गरेकी अन्जुका लागि हवाई पेशाको जीवन नै अभि’शाप बन्न पुग्यो ।

यही विमानकी को-पाइलट थिइन्, अन्जु खतिवडा विमानको पाइलट भने कमल केसी थिए। को- पाइलट खतिवडाका पति दीपक पोखरेल पनि यसअघि यती एयरलाइन्सकै को-पाइलट नै थिए ।

१६ वर्षअघि भएको विमान दुर्घ’टनामा पोखरेलको नि’धन भएको थियो । वि.सं. २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घ’टनामा परेको थियो सोही दुर्घ’टना को–पाइलट पोखरेलको पनि नि’धन भएको थियो ।

पतिको मृ’त्युपछि अन्जुले पाइलट कोर्स पूरा गरिन् र उडान क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले १५ वर्षअघि यती एयरमा जोडिएर करिब १० वर्षदेखि नेपाली आकाशमा यति एयरलाइन्सका एटीआर सिरिजका जहाज निरन्तर उडाउँदै आएकी थिइन् । तर आइतबारको दु’र्घटनाले भने उनको आकासको यात्रा अब सधैंका लागि रोकिएकोमा निश्चित जस्तै भएको छ ।

यसैबीच अहिले को-पाइलट अन्जु खतिवडा र उनको छोराको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । को-पाइलट अन्जुले मृ’त्युअघि आफ्नो छोरासंग बनाएको भिडियो सामाजिक संजालमा छाएको हो । हेर्नुस भिडियो :-

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया