
काठमाडौं/ भारतको कोलकोताको दमदम कारा’गारबाट रिहाइ भएका दुर्गाप्रसाद तिम्सिनाले नेपाल आएर बिहे गर्ने प्रतिकृया दिएका छन् । ४० वर्ष जे’ल बसेर उनी शनिबार कोलकताको दमदम कारा’गारबाट छुटेका हुन् ।
कारा’गारबाट छुट्नुभन्दा एकदिन अघि शुक्रबार काउन्सिलिङको क्रममा तिम्सिनाले नेपाल फर्किएपछि बिहे गर्ने प्रतिकृया दिएको कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । तर शनिबार जे’लबाट निस्किने क्रममा भने उनले कुनै प्रतिकृया नदिएको बताइएको छ । उनलाई वकिल तथा आफन्तहरुले माला लगाएर स्वागत गरेको बताइएको छ ।
इलाम माई नगरपालिका १० स्थायी घर भएका तिम्सिना ४० बर्ष अघि दार्जिलिङमा ह’त्या आरो’पमा थु’नामा परेका थिए । उनी १९ वर्षकाे हुँदा त्याे समय मंगलबारे बजारमा तोरी बेच्न भन्दै घरबाट निस्किएका थिए । तर तोरी बेचेको रकम लिएर उनी भारत दार्जिलिङ पुगेका थिए । उनलाई ह’त्या आरो’प लागेपछि कारा’गार चलान भएका थिए । उता परिवारले भने द्वन्द्व’कालमा मारि’एको ठानेका थिए ।
जे’ल परेपछि उनको पक्षमा निवेदन दिने कोही नभएपछि उनलाई विभिन्न कारा’गारमा सारिएको थियो । दार्जिलिङमा रहँदा आगालागीमा परेर उनको कागजजात पनि जेलेकोले गर्दा उनलाई जे’लबाट निकाल्ने आधारहरु रहेका थिएनन् । उनी आफ्नो कागजजात जलेको र जे’ल परेपछि मानसिक रुपमा पनि कम’जोर बनेका थिए । त्यसपछि उनलाई अदालती ट्रायलका लागि मान’सिक रुपमा स्वस्थ नभ’एको बताइएको थियो ।
पछिल्लो १० बर्षयता दमदम कारा’गारमै रहेका देखेका एक कैदीले उनका बारे चासो राखेका थिए । त्यसपछि उनी ४० बर्षदेखि कारा’गारमै रहेको खुलेपछि उनको सुनुवाई प्रयास भएको थियो । उनलाई १० बर्ष देखि उही कारा’गारमा देख्ने साथीले वेष्ट बंगलका संचारमाध्यमहरुमा समेत सुचना दिएका थिए ।
त्यसपछि दुर्गाप्रसादका आफन्तहरु पनि कोलकतास्थित दमदम कारा’गार पुगेर भेटेका थिए । त्यसपछि उनका नाता प्रमाणितका साथै अदालती प्रकृया सुरु भएको थियो । त्यसपछि उनलाई उच्च अदालतले बुधबार तारे’खमा छोड्न फैस’ला गरेको थियो ।