शनिबार २३ मंसिर २०८०

पोखरा / पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पो’स्टमार्टम स्थलअगाडि निकै भि’डभाड छ । भिडले बेलाबेलामा आ’क्रोश पनि पोख्छ । पछि साम्य हुन्छ । यो भिड कुनै जात्राको होइन, न कुनै मेला महोत्सव छ । मेला, महोत्सव भएको भए अनुहार हँसिलो र खुसी हुन्थ्यो होला ।

तर, दृश्यले भन्छ, ‘हृद’य शून्य छ, अनुहार चा’उरिएको छ, ओठमुख सुकेका छन्, अनि परेला भि’जेका ।’ अर्थात उनीहरु ठूलो शो’कमा छन् । रुँ’दारुँदा था’केका आँखाले पो’स्टमार्टम भवन हेरिरहन्छन् ।

त्यहाँभित्र उनीहरुको ढ’लेको आ’शाको धरोहर छ । सुस्ता’एका सपना, ढ’लेका आशा र भविष्य उज्यालो बनाउने अभिभावकको सु’तेको शरीर छ । सोमबार साँझसम्म ७० वटा श’व पो’स्टमार्टम भवनमा जम्मा भएका छन् । सेती खोँचको गहिराइमा अझै पनि दु’ईजना हराइरहेका छन् ।

आइतबारसम्म आफन्तको बोली कुरिरहेकाहरु आज नि’र्जिव नै भए पनि अनुहार हेर्न चाहान्छन् । तर, उनीहरुले त्यो पनि पाएका छैनन् । आइतबार बिहान करिब ११ बजेतिर यती एयरलाइन्सको विमान दुर्घ’टनाग्रस्त हुँदा विमानमा सवार ७० जनाको मृ’त्यु भइसकेको छ भने दुईको अवस्था अझै अ’ज्ञात छ ।

सरकारले उक्त दुर्घ’टनाप्रति सोमबार राष्ट्रिय शो’क मनायो । तर, त्यो शो’कले आफन्त गुमा’एकाहरुलाई श’क्ति भने प्रदान गरेन । यतिसम्म कि, घट’नाको दुई दिन भइसक्दासमेत उनीहरुले आफन्तको श’व पाएका छैनन् । त्यो शो’क आ’क्रोशमा बदलिएको छ । राज्यको ला’चारी र प्रणालीले उनीहरुलाई झन दुः’ख थपिदिएको छ ।

त्यहाँ हुनेहरुलाई थाहा छ, आफन्तको श’व अहिलेसम्म बुझ्न नपाउनुको पी’डा । मन बाँ’धेर परिवारका अन्य सदस्यलाई थाहा नदिएर घ’टना लुका’उनुको कला, कसैका आफन्त बिरामी छन्, कसैका श्रीमती त्यही अस्पतालको भवनमा छन् । मुखले सबै ठिक भन्ने उनीहरुको आँखाले भने सबै सत्य बताइरहेको छ ।

यो कारुणिक माहोलमा उनीहरुमाथि झनै अर्को अन्योल पनि थपिएको छ । त्यहाँभित्रका ७० श’वमध्ये ४४ जनाको मात्र पहिचान भएको छ । उनीहरुले जीवित त आफन्त भेटेनन्, तर मृ’त वि’क्षत् शरीर हेरेर आफन्तको पहिचान पनि उनीहरुले गर्न सकिरहेका छैनन् ।

यही श’वको लाइनमा एउटा परिवार पनि छ । जहाँ आमा, छोरादेखि नाती नातिनीसम्मको तीन पुस्ताको एउटै घट’नामा सकिएको छ । तर, आफन्तले उनीहरुलाई चिन्न सक्दैनन् ।

जमुना शर्मा, युवराज शर्मा, आरुधी शर्मा र बेवी शर्मा । आमा, छोरा र छोराका दुई आँखाका नानीहरु सेती खोँचमा दु’र्घटित यती एयरलाइन्सको विमानसँगै उनीहरुको इह’लीला पनि स’माप्त भएको छ ।

पर्वतको विहादी गाउँपालिका ५ उरामपोखराका यो परिवार धार्मिक कार्यको लागि पर्वत जाँदै थियो । उरामपोखरा जमुनाको कर्मघर हो । उनको माइती भने विहादी ४ को सिर्वानेडाँडामा हो । जमुनाकी आमाको चौरासी पूजाकै लागि भनेर काठमाडौंबाट उनी छोरा र नातिनातिनीलाई लिएर पर्वत हिँडेकी थिइन् ।

एक हजार आठ चन्द्रमा (सहश्रचन्द्र दर्शन) देखिसकेपछि गरिने धार्मिक कर्म ‘चौरासी पूजा’लाई भनेर नै माइतको साइत सारेकी जमुना गन्तव्यमा भने पुग्न पाइनन् । काठमाडौंबाट पोखरा आउनको लागि उनले विमान चढ्नुपूर्व उनले धर्तीमा टेकेका ती पाइलाहरु नै अ’न्तिम बन्न पुगे ।

श’व ल्याएको दोस्रो दिन आफन्तले मुस्किलले जमुनालाई पहिचान गरे । तर, उनले जन्माएको छोरा युवराज र उनका छोराछोरी भने हालसम्म स’नाखत हुन सकेको छैन । आफन्तहरुले जाँदै, हेर्दै गर्छन् । तर, आँखाले ठम्या’एर यो नै हाम्रो मान्छे हो भनेर भन्न सक्दैनन् ।

पीडामा रहेका उनीहरुलाई चिन्न नसकिने अवस्थामा रहेका श’वबाट आफन्तहरु पहिचान गर्न नसक्दा अर्को पी’डा थपिएको छ । त्यसैले, उनीहरुले सोचेका छन्, ‘एउटा मात्र श’व बुझेर के गर्नु, सबैलाई काठमाडौं लगेर परीक्षण गराउँ ।’

मृत’कहरुका आफन्त शुशील न्यौपानेले भने, “एकजनालाई मात्र चिन्न सकियो । अरु चिन्न हामीले सकेनौँ ।”

विमान दुर्घ’टनामा ज्या’न गुमा’उने युवराज काठमाडौंमा नै जागिर गर्थे । श्रीमती सरु रिजाल पनि विमानस्थलको एयर कन्ट्रोलर अफिसर हुन् । तर, उनको पेशा सम्बन्धित हवाई दुर्घ’टनाले उनको सि’उँदो खो’स्यो, बाबु र नानी खो’स्यो, अभिभावक खो’स्यो ।

उनी पनि अ’र्ध’चेतमा छन् । काठमाडौंकै एक अस्पतालमा उपचाररत उनलाई आइतबार त आफन्तहरुले ‘युवराजको अवस्था ठिकै छ’ भनेर थाम’थुम गरे । तर, सत्य कहिलेसम्म पो लु’काउने ?

“भिनाजुको अवस्था ठिकै छ भनेका थियौँ, तर कहिलेसम्म लु’काएर सकिन्छ र ? हिजो पो मोबाइल दिएका थिएनौँ, आज बिहान मोबाइल हेर्नुभयो र थाहा पाउनुभयो,” न्यौपानेले भने ।

एउटा दुर्घ’टनाले तीन पुस्ताको एक चि’हान बन्यो । मातृत्व गु’म्यो, खस’म गुमे र उ’जाडियो एउटा खुसीयाली परिवारको खुसी । छोरी कुरिरहेकी आमाको काख रित्तिएको छ । विहादी गाउँपालिका शो’कमग्न छ । विशन क्षेत्री / बारखरी बा’ट ।

२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया