शनिबार २३ मंसिर २०८०

काठमाडौं / पाइलट`को तालिम लिन हरेक देशका आफ्नै माप`दण्ड हुन्छन् । त्यस`भन्दा पहिला विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाले पनि आधारभूत मा`पदण्ड निर्धारण गरेको छ । आइका`ओले उमेर र स्वास्थ्य सम्बन्धी पूर्व योग्यता तोकेको छ । त्यो पूरा भएको हुनुपर्छ ।

उमेरको कुरा गर्दा तालिम सुरू गर्दा कम्तीमा १७ वर्षको उमेर पुगेको हुनुपर्छ । स्वास्थ्यका ला`गि नाक, कान र आँखा जाँच गराउनुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिस गरेका विशेषज्ञ डाक्टरले स्वस्थतताको सि’फा`रिस दिनुपर्छ । त्यस्तै जनरल फिजि`सियनको पनि सिफारिस चाहिन्छ ।

नेपालको सन्दर्भमा शैक्षिक योग्यता प्लस-टु विज्ञान वा सो सरहको तोकिएको छ । त्यसमा फि`जिक्स र म्याथ पढेको हुनुपर्छ । यो शैक्षिक योग्यता पूरा गरेका`हरूले तालिम लिन पाउँछन् ।

तालिमका लागि नेपा`लमा व्यवस्था छैन । नेपालीले यसका लागि विदेश जानुपर्छ । मा`पदण्ड पूरा भएपछि तालिममा जानु`भन्दा पहिला परामर्श भने नेपालमै दिइन्छ ।

नेपालको कुरा गर्दा अन्य पेसाको तुलनामा पाइल`टको कमाइ राम्रै छ । यो विश्व`व्यापी सीप हो । यसमा अवसरको कुनै कमी हुने कुरा भएन । विदेशमा अवसर पाए त झन् राम्रो आम्दानी हुन्छ ।

नेपालमा सामन्यत`या अहिले सुरूआतमै पाइलटको तलब कम्तिमा पनि एक लाख रूपैयाँ`भन्दा माथि नै रहेको हुन्छ । त्यसमा अझ पहाडतिर जहाज उडा`उनेको १० देखि १५ लाखसम्म पनि हुन्छ । यसमा कम्पनीअनुसार फरकफरक हुन्छ ।

१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया