शनिबार २३ मंसिर २०८०

पोखरा / सोमवार बिहान फे’ला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छा’नबिन आयोगलाई जिम्मा लगाईएको छ । आइतवार बिहान भएको बिमान दु’र्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छा’नबिन समितिलाई जिम्मा लगाईएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैवाट काम सुरु गरेको र फे’ला परेको ब्लाक बक्स छा’नविन समितिलाई जिम्मा लगाईएको हो ।

बिमान दुर्घ’टनामा ‘ब्लाक बक्स’ महत्वपुर्ण प्रमाण हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि ‘ब्लाक बक्स’ले धेरै सुचना दिने गर्छ । ‘ब्लाक बक्स’लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ ।

पोखरा बिमान दु’र्घटना पछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा राखेको थियो ।

सो आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । गठन भए लगत्तै आयोगले छानविनको आफ्नो काम सुरु गरेको हो ।

के हाे विमान दुर्घ’टनापछि खाेजिने ब्ल्याक बक्स ?

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घ’टनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घ’ट’नाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक तथ्यः

१. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन
हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ । दु’र्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झ’र्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ ।

खासमा यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपयुक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने गरेको भए पनि अहिले आएर भने यसको आकार हल्का सिलिन्डर जस्तो हुने गरेको छ ।

२.सामान्यतया दुई ओटा बक्स हुन्छन्
फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर (सीभीआर) हुन्छ । ककपिट भोइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ ।

उदाहरणको लागि विमान दुर्घ’टनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाही एफडीआर र सीभीआरलाई जोडेर एउटा बक्स बनाइन्छ । सीभीआरले ककपिटको दुई घन्टासम्मको आवाज रेकर्ड गर्छ ।

३. वास्तवमा यो कालो नभएर सुन्तला रंगको हुन्छ
ब्ल्याक बक्स आ’गो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई ओरेन्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन ।

दुर्घ’टनापछि यो प्रायः का’लो हुन्छ । यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ । अस्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविश्कार गरेका थिए ।

४. यसलाई ककपिटमा राखिदैन
तथ्यांक र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिदैन । सामान्यतया तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले तिनीहरूलाई दु’र्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ ।

ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ । यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ । यसले ११००० डिग्री सेल्सियस सम्मको तापक्रम पनि सहन सक्ने क्षमता रहेको हुन्छ ।

पानीभित्र डु’ब्दा पनि यसमा खासै अ’सर हुँदैन । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घ’टनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घ’टनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया