शुक्रबार २२ मंसिर २०८०

काठमाडौं, २ माघ / प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भर्खरै बालकोटबाट बाहिरिएका छन् ।

आज साँझ सत्ता गठबन्धनको बैठक डाकिएको छ । ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब आन्तरिक सहमति भने यसअघि नै जुटाएका छन् ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार अहिले सर्वाधिक चासोका साथ हेरिएको स्वास्थ्य मन्त्रालय भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले यसअघि नै शिक्षा र स्वास्थ्य मन्त्रालय मा’गेको थियो ।

तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सहमतिबमोजिम रास्वपालाई स्वास्थ्य मन्त्रालय दिईएको हो । रास्वपाबाट स्वास्थ्य मन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ ।

ललितपुर–३ बाट जितेकी डा. तोसिमा कार्की र समानुपातिक सांसद डा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दा’बी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने बताईसकेका छन् ।

प्रधानमन्त्रीले भने– मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ, कांग्रेससँग भोलि छलफल : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका छन् । बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् ।

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेकाे छ। कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ।’एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन् ।

ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको जनाइएको छ । यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन् ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया