आइतबार १५ माघ २०७९

पोखरा / म आफ्नै घरबाहिर घाम तापेर बसिराखेको थिएँ । ए’क्का’सी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा ब’जारियो ।

प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौ’डिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दु’र्घ’टनास्थलमा पुगेको थिएँ । म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना के’टीलाई डिलमा देखें ।

म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें । सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनू भन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहा’ल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घ’टना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् । प्लेन सुरुमा बाहिरै ठो’क्किएर तल ख’सेको थियो, बाहिर ठो’क्किँदा केही मान्छे बाहिर ख’से ।

उनीहरुलाई मैले निकाले । २ जनाको त सा’सै चलिराखेको थियो । पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँ’दै निकालेको हुँ । बाहिर अरु पनि ख’सेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् ।

सबै भिडियो बनाएर बसे । अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें । बाँकी हेर्नुहोस तलको भिडियो :

४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया