
बागलुङ / बागलुङ नगरपालिका–१ कि सीता खड्काले शनिबार राति खुसीका साथ आफ्ना कान्छा छोरा र बुहारीलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाका लागि बि’दा’इ गरिन् ।
आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का भने आफू घर पुग्न नै पाइनन् । आइतबार बिहान पोखरामा भएको जहाज दु’र्घ’टनामा उनको पनि दुः’खद् नि’ध’न भयो । छोरा बुहारीलाई वि’दाई गरेर उनी आफू स्व’र्ग’वास भइन् ।
छोरा बुहारीलाई कर्मथलोका लागि बि’दाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अ’स्ताएपछि घरपरिवार शो’कमा डु’बेको छ । छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दु’र्घ’टनामा परी मृ’त्यु भएको खबरले परिवार स्त’ब्ध भएको मृ’त’कका भान्जा सूर्य लामिछानेले बताएका छन् ।
आफ्नो विवाहका लागि भनेर डेढ महिनाको मात्र बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काले मंसिर २२ गते विवाह गरेका थिए । त्यसपछि उनीहरू अस्ट्रेलिया फर्किने क्रममा नै बाटैमा रहेका थिए ।
छोरा र बुहारीलाई शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलियाका लागि बि’दाइ गरेकी खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले का’टि’दिएको टिकटमा विमानबाट पोखरा जाँदै थिइन् । आमाको मृ’त्युको खबर सुनेपछि छोरी अनिता बे’होस भएर अस्प’ताल भर्ना गरिएको भान्जा सूर्यले बताए ।
‘माइजू भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बि’दा’इ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो,’ लामिछानेले भने, ‘उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका पनि छैनन् । यता माइजूको यस्तो खबरले सबैलाई स्त’ब्ध र दु:’खी बनाएको छ । ’ अर्जुन कार्की / अन्न’पूर्ण पोष्ट बा’ट ।