शनिबार २३ मंसिर २०८०

काठमाडौ, माघ २ गते / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी ।

केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् ।
उनले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौँ घण्टा आकाशमा उडे ।

एक पटक पनि सामान्य दुर्घ’टनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो दु’र्घटना थियो । यही नै उनको जीवनको लागि पहिलो र अन्तिम अनि कहि’ल्यै फिर्ता नहुने दु’र्घटनाको दिन भइदियो ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए ।

जहाज दुर्घट’नामा मृ’त्यु भएकाहरुको शो’कमा आज सार्वजनिक विदा : सरकारले आज सार्वजनिक विदा दिएको छ । आईतबार पोखरामा भएको विमान दुर्घ’टनामा मृ’त्यु भएकाहरुको शो’कमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आईतबार चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरको जहाज पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा दुर्घ’टनामा परेको थियो ।

दुर्घ’टनामा परेका ६६ जनाको श’व फेला परेको छ । तर ६ जना अझै बेप’त्ता रहेका छन् । उनीहरुको खो’जी कार्यलाई पनि आज बिहानैबाट सुरु गरिएको जनाइएको छ ।

त्यस्तै भेटिएका मृ’तकको श’व आफन्तलाई बुझाउने तयारी समेत भइरहेको छ । दु’र्घटना लगत्तै आईतबार बसेको आकश्मिक बैठकले आज शो’क विदा दिने निर्णय गरेको थियो ।

१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया