शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / नेपाल राष्ट्र बैंकले भारतीय सय रुपैयाँबराबरको नेपाली एक सय ६० रुपैयाँ खरिद–बिक्री दर तोकेको छ । तर, पछिल्लो तीन सातादेखि भारतीय सीमानाका भैरहवा बजारमा एक सय ५७ रुपैयाँमा पनि भारतीय मुद्रा बिक्री हुन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए ।

पछिल्लो केही समयदेखि बजारमा भारतीय मुद्रा प्रशस्त भेटिन थालेको उनको भनाइ छ । रुपन्देहीमा ४० भन्दा बढी मनी चेन्ज’रहरू छन् । मनी चेन्जरहरूमा पनि नेपालीभन्दा भारतीय मुद्रा बढी हुँदा भारतीय मुद्राभन्दा नेपाली नोट ब’लि’यो बनेको लुम्बिनी मनी चेन्जर व्यवसायी समितिका अध्यक्ष ऋषिराम पाण्डेले बताए ।

भारतीय मुद्रा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी रहेको उनले बताए । भैरहवामा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको तथा क्या’सिनोमा आउनेहरूको संख्या पनि बढेकाले भारतीय मुद्रा बजारमा बढी देखिएको हुन सक्ने उनको अनुमान छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा पुस महिनाको किस्ता बुझाउन उद्योगी–व्यवसायीले भारतीय मुद्रा ल्याएका कारण पनि भारतीय नोट धेरै भेटिएको हुन सक्ने उनले बताए । ‘भारतीय व्यवसायीसँग काम गरेका नेपाली व्यवसायीले पुसको किस्ता बुझाउन करोडौँ सापटी ल्याएका छन्,’ उनले भने ।

नियमित रुपमा कारोबार गरिरहने ग्राहकहरुले बैंकमा किस्ता बुझाउन अनिवार्य रुपमा नेपाली पैसा नै चाहिने भएकाले नो’क्सान सहेर नै भएपनि एक सय ५७ सम्ममा पनि का’रोबार गर्न बा’ध्य भएको एक व्यवसायीले बताएका छन् ।

उनले भने, ‘बैंकमा करोडाैँ ब्याज बुझाउनुपर्छ, साथीसँग सापटी माग्दा भारतीय पैसा ल्याइदिन्छन्, नेपाली साट्न खोज्दा एक सय ५७ मा पनि बिक्री हुन कठिन छ, तर बैंकमा बुझाउन बा’ध्यता छ । त्यसैले नो’क्सान सहेर भए पनि काम गरेका छौँ ।’

१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया