
कास्की / पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।
अमेरिकाबाट शनिवार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झ’र्न नपाउँदै विमान दुर्घ’टनामा पर्यो ।
डी’भी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गएको वर्ष माघको १९ गते विवाह गरेका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट गरेर फर्कने गरी राजन नेपाल आएका थिए ।
‘दुर्घ’टनाको खबरसँगै हामी छरछिमेक सबै शो’कमा डुबेका छौँ’, उनले भने । उता दु’र्घटनाले आशिकाका माइतीहरू पनि शो’कमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस वि’मानमा सँगै दुर्घ’टनामा परेका छन् ।
घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घ’टनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शो’कमा डु’बे’को छ ।
चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज आज बिहान दुर्घ’टना हुँदा अहिलेसम्म ६९ जनाको श’व निकालिएको छ । बे’पत्ता भएका तीन जनाको खो’जी कार्य जारी रहेको छ ।