
पोखरा / म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्का’सी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खो’चको डिलमा ब’जारियो ।
प्लेन ख’स्ने बित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर ब’न्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ । चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घ’टनास्थलमा पुगेको थिएँ ।
म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई ता’नें ।
अवस्था गा’र्हो भएपनि सा’स भने चलिरहेको थियो । त्यो के’टीलाई पानी नदिनू भन्दै थिएँ, अर्को एकजना बु’ढो दाइ आएर पानी हा’लिदियो । मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हा’ल्दियो । घ’टना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही ब’चाउन आएनन् ।
प्लेन सुरुमा बाहिरै ठो’क्किएर तल खसेको थियो, बाहिर ठो’क्किँदा केही मान्छे बाहिर ख’से । उनीहरुलाई मैले निकाले । २ जनाको त सा’सै चलिराखेको थियो ।
पछि उनीहरुलाई गण्डकी अस्पताल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँ’दै निका’लेको हुँ । बाहिर अरु पनि ख’सेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।
अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें । (पाथिभरा न्यु’ज बाट)
बेप’त्ताको खो’जी कार्य राति पनि गरिने :
लेखनाथ / पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घट’नामा बेप’त्ताको खो’जी कार्य राति पनि जारी राखिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खो’जी कार्यलाई राति पनि जारी राख्नका लागि घट’नास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए। “खोजी कार्यको सुरक्षा’कर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म श’वहरु खो’जी गर्नेछौँ”, प्रमुख केसीले भने।
दुर्घ’टनामा परी मृ’त्यु भएका ६८ जनाको श’व पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परी’क्षणका लागि लगिएको छ । “अब बे’पत्ता चार जनाको पनि खो’जीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं”, उनले भने।
अहिले नेपाल प्रहरी, स’शस्त्र प्रहरी ब’ल र नेपाली से’नाका टोली खोजीमा ख’टिएका छन् । नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र स’शस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा ख’टिएका छन् । काठमाडौंबाट स’शस्त्र प्रहरीको गोता’खोरको टोली पोखरा आएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडा’न गरी खोजी गर्न लागिएको जानकारी दिए। उनका अनुसार जहाजमा रहेका चारजना अझै बेप’त्ता छन् । अहिलेसम्म ६८ जनाको श’व फेला परेको छ । उनीहरुको श’व पश्चिमाञ्चल क्षेत्रीय अ’स्पताल पोखरामा लगिएको छ ।
“सबै जनाको श’व आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,” प्रजिअ केसीले भने। मृ’तकका परिवारलाई सोमबार श’व बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए।