
काठमाडौं / पोखरामा भएको विमान दु’र्घटनामा ज्या’न गुमा’उनेमा पर्वतको कुश्माका बाबुछोरी नै परेका छन् । दुर्घ’टनामा कुश्मा नगरपालिका ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृ’त्यु भएको छ ।
काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घ’टनामा परेका हुन् । मृ’तक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए ।
विमान दु’र्घटनामा गिटारिस्ट निशान्त आचार्यको पनि नि’धन
युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा नि’धन भएको छ । र’क गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, र’क ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्र’द्धाञ्जली व्यक्त गरेका छन् ।
पोखरा स्थायी घर भएका आचार्य पछिल्लो समय नेपालमा नाम चलेका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै चलिरहेको थियो ।
उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्ने’रीहरु संगीततर्फ आ’कर्षित भइरहेका छन् ।
निशान्तलाई श्र’द्धाञ्जली दिंदै र’क गायक तामाङ लेख्छन्, ‘विमान दु’र्घटनामा आफ्नो प्रियजन गु’माउनु पर्दा आज पी’डा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गु’माउनुहुने सम्पूर्ण परिवारमा स’हानुभूति छ । निशान्त आचार्य भाइ तिम्रो आ’त्माले शा’न्ति पाओस्, परिवार र साथीभाइमा ग’हिरो स’मवेदना ।’
मुलुकको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ । केही वर्षअघि निशान्तले ‘सँगै बाँचौं न’ बोलको फिंगर स्टाइल गीत रिलिज गरेको जनाउँदै ब्याण्डले सुरक्षा लाप’रवाहीको कारण उनको नि’ध’न भएको जनाएको छ ।
आइतबारको उक्त विमान दुर्घ’टनामा ६८ जनाको मृ’त्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमान चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए । पाथीभरा न्युज