
काठमाडौं माघ १ गते / पोखरामा आइतबार बिहान भएको हवाईजहाज दु’र्घटनामा परी दुई दक्षिण कोरियन नागरिकले पनि ज्या’न गु’माएका छन् ।
आइतबार बिहानमात्रै नेपाल आइपुगेका १४ वर्षका बालक यू स्याङ्याङ र ४५ वर्षका यू योङचोएलले जहाज दुर्घ’टनामा ज्या’न गु’माएका हुन् ।
बिहान ९ बजे एयर इण्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका कोरियन बाबुछोरा लगत्तै पोखरा लागेका थिए । साढै १० बजे यती एयरलाइन्सको एटीआर-७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू गन्तव्य नपुग्दै सेतीको खोंचमा अ’स्ताए ।
यो विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए । दुर्घ’टनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६९ जनाको मृ’त्यु पुष्टि गरेको छ । श’व भेटिएकामध्ये ११ जनाको स’नाखत भइसकेको छ ।
पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घ’टना भएको थियो ।
जहाज डिलमा ठो’क्किएपछि केही मान्छे उ’छि’ट्टिएका थिए :
म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । ए’क्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डि’लमा ब’जारियो ।
प्लेन ख’स्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर ब’न्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौ’डिएको हुँ ।
चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दु’र्घटनास्थलमा पुगेको थिएँ ।
म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।
सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो । मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।
प्लेन सुरुमा बाहिरै ठो’क्किएर तल खसे’को थियो, बाहिर ठो’क्किँदा केही मान्छे बाहिर ख’से । उनीहरुलाई मैले निकाले । २ जनाको त सा’सै चलिराखेको थियो ।
पछि उनीहरुलाई गण्डकी अस्प’ताल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँ’दै निकालेको हुँ । बाहिर अरु पनि ख’सेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएरमात्रै बसे ।
अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।