शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / काठमाडौंबाट पोखराका लागि उडेको दुर्घ’टनामा परेको यती एयरको जहाज क्याप्टेन कमल केसीले उडाएको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दुर्घ’टनामा परेको हो ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दु’र्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दु’र्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दु’र्घटना भएको ठाउँमा आ’गोको मु’स्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घट’ना’स्थलमा आ’गो निभा’उने प्रयासमा लागेका छन् ।

विमान दुर्घ’टना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्दे’शन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

निकालिएका श’व गण्डकी अस्पतालमा
पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घट’नामा परेका यात्रुको श’व गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।

श’वहरू अस्पताल लगिएसँगै दि’वङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दि’वङ्गत यात्रुका परिवारजन शो’काकुल अवस्थामा छन् । श’वहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको श’व अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म मृ’त’कको श’व पहि’चान भइसकेको छैन ।

२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया