शनिबार २३ मंसिर २०८०

काठमाडौं / आईतवार विहान पोखरामा भएको विमान दु’र्घटनामा दोहोरी गायिका निरा छन्त्यालसमेत परिन । उनको अवस्थाका वारेमा पूर्ण जानकारी नआएपनि पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ ।

यता, चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घट’नामा पर्नबाट जो’गिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट र’द्द गराएका थिए । साथै पोखराबाट फर्किन आज विमानको प्रतीक्षामा थिए । अ’चानक दुर्घट’नाको खबर पाएपछि उनी स्त’ब्ध छन् । कर्म र ग्रहले आफू दुर्घट’नाबाट बचेको उनको भनाइ छ ।

‘खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो’ उनले भने–‘फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घ’टनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।’

विमान अवतरण होला भनेर पर्खेर वसेको तर पछि दु’र्घटनाको समाचार देखेपछि साह्रै नम’ज्जा लागेको उनले वताए । ‘रु’न मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उ’द्दार गर्न सक्छौं त न अरु केही । बे’कारमा हो’ह’ल्ला र उ’द्दारमा अ’वरोध हुन्छ भनेर म चाहिँ गइनँ ।’– उनले भने ।

‘दु’र्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घ’टनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घ’टनास्थल क्षेत्रतर्फ लाग्नुभयो’ उनले थपे–‘त्यसैले दुर्घट’नापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।’

६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घ’टनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जी’वित रहेको प्रारम्भिक अनुमान छ ।

६३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया