शनिबार २३ मंसिर २०८०

काठमाडौं / आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दु’र्घटनामा ६९ जनाको मृ’त्यु भएको पुष्टि भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको श’व फेला परेको हो ।

तीमध्ये ३४ श’व गण्डकी अस्पतालमा लगिएको छ । ३२ जनाको श”व प्रहरीले घट’नास्थलमा संकलन गरिसकेको छ । तीन जनाको श’व फेला परे पनि निकाल्न क’ठिन भइरहेको एसपी केसीले जानकारी दिए ।

प्रहरीले क्रेनको प्रयोग गरेर पनि श’व निकाल्न खोजेको थियो । तर उक्त क्रेनबाट पनि श’व निकाल्न सम्भव नभएको केसीले बताए । ‘खोंचमा तीन जनाको श’व देखिएको छ। तर निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्‍यौं। तर त्यसबाट पनि सम्भव भएन।’

यस्तै तीन जनाको अवस्था भने अझै अज्ञा’त रहेको उनले बताए। उनीहरूको पनि खो’जी भइरहेको छ। घट’नास्थलमा उ’द्धार तथा खो’जतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घ’टना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घ’टनामा परेको हो। दुर्घ’टनामा परेकामध्ये पाँच जनाको सना’खत भएको छ।

लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको स’नाखत भएको छ।

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया