
काठमाडौं / सरकारले आज भएको यती एयरको विमान दु,र्घटनाको शो’कमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । आज भएको मन्त्री परिषद्को बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दु,र्घटनाका कारण पहिचान विश्लेषण गर्न दु,र्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।
सरकारले घट’नाप्रति ग’हिरो दुः’ख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दु,र्घटनाग्रस्त बनेको थियो ।
दु,र्घटनापछि आक’स्मिक रूपमा बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको साथै दु,र्घटनाको कारण पत्ता लगाउन जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पनि रहेका मन्त्री पौडेलले बताए ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दु,र्घटना भएको हो । हाल उ’द्दारका कार्य जारी रहेको छ भने करिब ३६ जनाको मृ,त्यु भएको छ ।
प्रधानमन्त्री दाहाल पोखरा जाँदै :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घ’टनाबारे जानकारी लिन आज पोखरा जाने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आक’स्मिक बैठकपछि उहाँ विमान दुर्घटनास्थल पोखरा जान लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
“अहिले मन्त्रिपरिषद्को आक’स्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “सम्भवत् प्रधानमन्त्री दुर्घट’नास्थलमा समेत पुग्नुहुनेछ ।” प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पनि पोखरा जाने बताइएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घ’टनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । दुर्घटनास्थलबाट हालसम्म २९ जनाको श’व निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घट’ना’स्थलमा उ’द्धार कार्य जारी छ ।