
काठमाडौं / कास्कीको पोखरामा दुर्घ’टनामा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रामा परिणत भएको छ ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घट’नास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ ।
उनका अनुसार अहिलेसम्म घट’ना’स्थलबाट कसैको पनि जी’वित उ’द्धार गरिएको छैन । आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दु’र्घटना भएको प्रहरीले जनाएको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना वि’दे’शी नागरिक थिए ।
जहाज सेतीको खोँचमा खसेको हो । उ’द्धार’कार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सश’स्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।
हालसम्म ३२ जनाको श’व निकालियो :
पोखरामा आज विहान भएको विमान दुर्घ’टनाको उ’द्धार गर्ने क्रममा ३२ जना यात्रुको श’व निकालिएको छ । सेती नदीको खोँचमा दु’र्घटना भएकाले उ’द्धार कार्य ज’टिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि ‘सुरक्षा’क’र्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आ’गो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दु’र्घटना भएको थियो ।
प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना अ’स’क्त भएका व्यक्ति सवार थिए ।