शनिबार २३ मंसिर २०८०

विश्वनाथ खरेल / स्वस्थानीको नियमित व्रत चलिरहेको यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरी यो पर्व मनाउने गर्दछन् ।

हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हि’न्दू धर्मावलम्बीले चोखो बसी घरघरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको क’ठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।

व्रतालुले पौष शुक्ल पूर्णिमाको दिन बिहानै हात खुट्टाको नङ का’टेर, स्नान गरी चोखो लुगा लगाएर व्रत सुरु हुन्छ । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एकछाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ ।

व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो फलानो इच्छा, आकांक्षा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ ।

यसरी विधिपूर्वक महिनादिनसम्म स्वस्थानीदेवीको पूजा आराधना गर्नाले मनोकांक्षा सि’द्धि हुने र यस लोकमा सुखसम्पत्ति पाई पर’लो’कमा समेत मो’क्ष प्राप्त हुने कुराको उल्लेख स्कन्दपुराणको केदारखण्ड र माघमाहात्म्य, पद्मपुराण आदि ग्रन्थले गरेका छन् । यसर्थ यो व्रत बस्नाले सुखशान्ति समृद्धि मिल्नुका साथै रो’गब्याधी पनि न’ष्ट हुने विश्वास गरिन्छ ।

काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंग पतन भएको मानिने धार्मिकस्थल हुन् । यसै समयमा यी पवित्र स्थानमा श्रद्धालुको घुइँचो लाग्ने गरेको हुन्छ । ती स्थानमा एक महिनाभर मेला पनि लाग्नेगर्छ ।

स्वस्थानी शब्द स्वस्थानमा ‘ई’ प्रत्यय लागेर बनेको हो । स्वस्थान भन्नाले आफैंमा रहने भन्ने अर्थ हुनाले स्वस्थानीको अर्थ आफ्नै ’round रहने मातृशक्ति देवी भन्ने बुझिन्छ । स्वस्थानी व्रत नेपाली मूलका हिन्दूले मात्र मनाउने र स्वस्थानी व्रतकथाभित्र पर्ने लावण्यदेश, शालीनदी, गौरीघाट, मृगस्थली, किरातेश्वर, बागमती नदीलगायतका क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वको रूपमा स्वस्थानी व्रतलाई लिइन्छ ।

यसरी महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यामिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्दछ । हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ ।

यसमा अहंकारले वि’नाश गराउँछ भन्ने उपमाको लागि महादेवको बाहिरीस्वरूपलाई मात्र हेरेर आफ्नी छोरी सतीदेवी महादेवलाई दिन नमानेका दक्ष प्रजापतिले विष्णुको छलबाट सतीदेवीसँग महादेवले विवाह गरेको प्रसंग स्वस्थानीमा छ ।

यसमा महादेवलाई नानाप्रकारले गा’ली एवं नि’न्दा गरेको सुन्न नसकी सतीदेवीले यज्ञ कु’ण्डमा हा’म्फाली प्रा’ण त्या’ग गरेको एकातिर छ भने अर्कोतिर नवराजकी स्त्री चन्द्रावती आफ्ना पति राजा भएको खबर सुनी चाँडो भन्दा चाँदो भेट्न लालयित भएकी चन्द्रावतीले स्वस्थानीको प्रसाद अ’हंकार गरेको कारणले गर्दा ठूलो दुः’ख र क’ष्ट पाउनुप¥यो ।

त्यसरी नै यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योतिस्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नीबीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भां’ग, धतु’रोको हिफायतसँग राखी दिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखानेजस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ ।

यसर्थ दे’हत्याग गरेकी सतीदेवीलाई बोकेर विक्षि’प्त भई हिंड्नु सतीदेवीको सम्पूर्ण अं’ग’पतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम कत्तिको एकपक्षीय मात्र होइन भन्ने कुराको इमान्दार सन्देश पनि कथामा पाइन्छ ।

त्यस्तैगरी यस कथामा पर’स्त्रीलाई आँखा गा’ड्नुहुँदैन भन्ने कुराको बोध पनि यहाँ स्पष्ट हुन जान्छ । जब कि जालन्धरले पार्वतीलाई छल गर्न गएको प्रसंगबाट छर्लंग हुन्छ । यस कथामा पितृभक्तिको राम्रो किसिमको सन्देश पनि दिएको पाइन्छ ।

नवराज ग’र्भमा रहेको बेला उनका पिता शिवशर्मा सुत्केरी खर्च जुटाउन विदेसिएका आफ्ना बाबुलाई खोज खबर गरी म’रे’को पत्ता लगाई पि’तृको उ’द्धार गर्ने कार्य गरे । अपितु धर्म शास्त्रमा भनिएको पनि छ, कुनै पनि पुत्रले पि’तृको उ’द्धार नगरी आफ्नो सुखभोगमा लाग्छ भने त्यो मनुष्य जहाँसम्म चन्द्रसूर्य रहन्छन्, जहाँसम्म पृथ्वी रहन्छिन्, त्यहाँसम्म घो’र नर’कमा पर्छ । यसैगरी स्वस्थानी कथामा पनि भनिएको छ, कसैमाथि पनि पूर्णविश्वास गर्नुहुँदैन भन्ने सन्देश दिन खोजेको पाइन्छ ।

जबकि, पार्वतीलाई छ’का’उन महादेव किराँतरूप भई जंगलमा बसेको थाहा पाई पार्वती पनि किरातिनी रूप भई महादेवलाई आकर्षित गर्दा महादेव ती किरातीनी पार्वतीसँग विवाह गर्न तयार भए तर किरातीनी रूप धारण गरेको पार्वतीले आफ्नो घरमा जाऊ भनेर आफ्नो पिताको (हिमालय पर्वतको) घरमा लग्दा महादेव ल’ज्जित भएकाजस्ता कुरा स्वस्थानीको कथामा पाइन्छ ।

अन्त्यमा भन्नुपर्दा हाम्रो समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ । जसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रत माहात्म्यमा आएको स्वस्थानीको उपासना गर्दा सबै आवश्यकता पूरा हुन्छ भन्ने प्रसंगले पनि हिन्दू धर्मालम्बीलाई गहकिलो सन्देश दिन खोजेको बुझिन्छ ।

यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने स्वस्थानी माहात्म्यको पूर्वभागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको नि’न्दा गरेको सहन नसकी सतीदेवीले प्रा’ण त्या’ग गरेको प्रसंग छ भने मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा पु’न’र्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रूपमा प्राप्त गरेको प्रसंग आएको छ ।

स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ ।

साथै काम र उमेरले पाका भएको व्यक्तिको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई सधैं मनन एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौतर्फी विकास हुने कुरामा कसैको दुईमत नहोला ।

अतः हाम्रो समाजमा परापूर्व कालदेखि नै परम्पराको रुपमा चलिआएको स्वस्थानी माताको व्रत कथाले नेपाली समाजमा रहेका वि’कृति तथा विसं’गतिलाई हटाई स्वस्थ र इमान्दार समाजको निर्माण गर्ने सन्देश दिएको छ । (कमेन्टमा तपाईंको प्रतिक्रिया लेख्नुहोला ।)

१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया