
चितवन/ राजस्वमा जम्मा गर्नुपर्ने रकम हिना’मिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारा’गार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारा’गार पठाएको हो ।
उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्क’ली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिना’मिना गरेका थिए । रु एक करोडभन्दा बढी रकम हिना’मिना गरेको आरोपमा प’क्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारा’गार पठाएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका लागि भरतपुर कारा’गार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । परियारलाई जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारा’गार पठाइएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।
सरकारी वकिल कार्यालयले सात वर्ष कैद माग दाबी गर्दै जिल्ला अदालतमा बिहीबार मु’द्दा दा य र गरेको थियो । परियारले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व की’र्ते छाप तथा दस्तखत र नक्क’ली बिल भर्पाई गरी रु एक करोड १७ लाख २४ हजार ५३८ हिनामिना गरेको आरोप छ ।