
इटहरी (सुनसरी) / गृह मन्त्रालयबाट जारी नि’र्देशन वि’रुद्ध कोशी अञ्चलमा रहेका क्रसर व्यवसायीहरू आ’न्दोलित बनेका छन् । मापदण्ड वि’परीतका क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न देशभरका सम्बन्धित प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै कारबाही प्रकृिया अगाडी बढाएपछि व्यवसायीहरू आ’न्दोलित बनेका हुन ।
बिहीबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोशी क्रसर व्यवसायी सङ्घले अनि’श्चितकालको लागि उद्योगहरू बन्द गरिएको जानकारी गराएको हो । कोसीमा २४ वटा क्रसर उद्योगहरू रहेको र बिहीबारबाटै अनिश्चित’का’लकालागि बन्द गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
द’र्ता बिना सञ्चालन भएका र सरकारले तोकेको मापदण्ड वि’परीतका क्रसरहरू तत्काल बन्द गरिनुमा आफूहरूको पनि समर्थन रहेको तर सरकारकै निर्देशन अनुसार सञ्चालन भएका क्रसरहरूलाई पनि बन्द गर्न परिपत्र गरेपछि बाध्य भएर आन्दो’लनमा उत्रनु परेको कोसी क्रसर व्यवसायी सङ्घका अध्यक्ष भीम पौडेलले बताए ।
सरकारलाई वार्षिक कर तिरेर मापदण्ड अनुसार सञ्चालन भएका क्रसरहरूलाई पनि तत्काल बन्द गर्न भनी प्रशासनले पत्र जारीगरेपछि आन्दो’लन गर्नुपरेको अध्यक्ष पौडेलको भनाइ छ ।
को’रो’नाकाल पछि सबै उद्योग व्यवसाय धरा’सायी बनिरहेको बेला सरकारले चालेको यो कदमले अझै दु’खी तुल्याएको र यसको वि’रोध स्वरूप दबा’बमूलक कार्यक्रमहरू गरिने अध्यक्ष पौडेलले बताए ।
सरकारले आफूहरूको माग पुरा नगरे केन्द्रीय स्तरमा आन्दो’लन चर्का’उने व्यवसायीहरूको भनाइ छ । आगामी माघ २ गते क्रसर व्यवसायीहरू मन्त्रालय डेलिगेसन जाने र सरकार समक्ष ज्ञापन पत्र बुझाउने अध्यक्ष पौडेलले बताए ।
क्रसर उद्योग बन्द भएमा व्यवसायीको अरबौँ लगानी डु’ब्नुका साथै २० हजार भन्दा बढी मजदुरको रोजगार खो’सिने पक्का रहेको उनको तर्क छ । कोसीमा मात्रै ५ अरबको लगानीमा क्रसर उद्योगहरू सञ्चालन हुँदै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
गृह मन्त्रालयको निर्देशन बमोजिम सुनसरी र मोरङमा सरोकारवालाहरूले क्रसर उद्योगहरूको अनुगमन गरी अ’वै’ध क्रसरहरूलाई बन्द गर्न प्रशासनले परिपत्र गरेको थियो । प्रशासन सहितको टोलीले २ दिनको अवधिमा मोरङका २१ र सुनसरीका ४ वटा क्रसर उद्योगहरू बन्द गर्न व्यवसायीहरूलाई परिपत्र गरेको थियो । पूर्वेली न्यु’ज