शनिबार १४ माघ २०७९

राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले गरेका भनिएका कीर्तिपुरेका नाक, कान का’टेका लगायत कतिपय कुरामा सत्यभन्दा पनि ज्यादा अफ’वाह हावी छ ।

ज्ञानमणि नेपाल
पृथ्वीनारायण शाह (वि.सं. १७७९– १८३१) ले मकवानपुर नजितुन्जेल (१८१९ साल) मेची–महाकालीभित्रको क्षेत्रमा गोरखा सहित ५३ राज्य थिए । पृथ्वीनारायण गोरखा राज्यमा सिंहासनरूढ भएपछि १८०१ सालदेखि नेपालको एकीकरण अभियान शुरू गरे।

गोरखा राज्यको स्थापना १६१६ सालमा द्रव्य शाहले लमजुङबाट छुट्टिएर गरेका थिए । त्यस कारण लमजुङबाट आफ्नो अस्तित्व जोगाउन गोरखाले निरन्तर सङ्घ’र्ष गर्नुपरेको थियो । त्यस वेला नेपालभित्रका राज्यहरूमा भोटसँग बेपार सम्बन्ध भएका वा तराई क्षेत्र समेत भएका पाल्पा जस्ता सेन राज्यहरू मात्र धनी थिए । भोटसँग बेपार सम्बन्ध नभएको र तराई पनि नभएको गोरखा राज्य भने गरीब थियो । तर, निरन्तर स’ङ्घर्ष गरिरहने भएकाले गोरखाली पहिल्यैदेखि शू’र’वीर थिए।

द्रव्य शाहकै पालादेखि गोरखा राज्यमा भारदारहरूको मजबूत सङ्गठन थियो । यस सङ्गठनमा अर्जैल, खनाल, पाडे, बस्नेत, मगर र बोहरा आदि ६ थरी शूरवीर र विद्वान्‌हरू थिए । यिनकै सहायताले राजाहरू न्यायप्रेमी, धर्मात्मा र महत्त्वाकाङ्क्षी पनि भए । तीमध्ये राज्यमा राम्रो थिति बाँध्ने राजा भनेर राम शाहको नाम चल्यो ।

राम शाहले जनतामा पी’र–सास्ती नहोस्, सानोतिनो कुरामा झै’झगडा नपरोस् भनेर अनेकौं चलन बसाए । उनले केही क्षेत्र जितेर राज्य पनि फैलाए । त्यस बखत पहाडी राजाहरूको प्रशस्तिमा ‘गिरिराज चक्रचूडामणि’ भनिंदै आएको थियो, उनले ‘चक्रवर्ती’ पदवी समेत लिएर गोरखाली राजामा महत्त्वाकाङ्क्षा जगाएका थिए।

गोरखा दरबारमा रामायण, महाभारत आदि पुराण सधैंजसो लागिरहन्थ्यो । पुराणहरूमा राजाले राज्याभिषेकपछि देश विजयको उद्योग गर्नुपर्ने कथा भनिएको हुँदा राजाहरू देश जित्ने प्रयासमा लाग्थे । पृथ्वीनारायणका पिता नरभूपाल शाहले पनि भोटको बाटो खुलाएर बेपार चलाउने रणनीति अनुसार नुवाकोट जित्ने प्रयास गरेका थिए ।

नरभूपालले यु’द्धमा जयन्त रानालाई सेनापति बनाएर पठाएका थिए, तर हारेर फर्केपछि उनको पद खो’सिएको हुँदा कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्न गएका थिए । जयप्रकाशले ‘लोहाको वैरी लोहै होस्’ भनेर उनैलाई नुवाकोटमा तैनाथ गराएका थिए।

नरभूपालको निध’नपछि पृथ्वीनारायणको राज्यारोहण भयो । बाबुले थालेको प्रयास सफल पार्ने उद्देश्यले उनले जयन्तलाई पत्र लेखे, ‘तँ मेरो घरको पुरानो मान्छे होस् । जयप्रकाशको नोकरी छाडिदे र गोरखा आइज । तेरो खानादानाको व्यवस्था म गरुँला ।’ जयन्तले ‘त्यो ता हो । तर, मैले जयप्रकाशको नून खाएको छु, नूनको सोझे गर्नु मेरो कर्तव्य हो’ भनेर जवाफ दिए । त्यसपछि पृथ्वीनारायणले नुवाकोट हान्ने तारतम्य मिलाउन लागे।

१८०१ सालमा नुवाकोट जितेपछि भोटमा बेपार गर्न केरुङको बाटो खुल्यो । नून, सुन, ऊन तथा भेडा, घोडा र च्याङ्ग्राको बेपार हुन लाग्यो । भोटबाट चाँदी ल्याएर नुवाकोटको टक्सारमा शुद्ध चाँदीका मोहर ढालिन थाले र १८१०/११ सालदेखि भोटमा पठाइन थालियो । त्यसअघि नै कान्तिपुर र भादगाउँका राजाले चाँदीका मोहर टक मा’रेर भोट पठाउँथे।

अङ्ग्रेजसँग हारेको भए त्यसै वेलादेखि अङ्ग्रेजको उदय र गोरखालीको अस्त हुने थियो । यस विजयले पृथ्वीनारायणको कीर्ति पताका नेपालमा मात्र होइन, भारतभर फैलियो।

पृथ्वीनारायणले नुवाकोटबाट सोझै कान्तिपुर शहर पसेर आ’क्रमण गरेनन् । आ’क्रमण गर्दा श’स्त्रधारी सिपाही मात्र नभई आम मानिस पनि म’र्ने भएकाले यु’द्धमा भरसक जनता नम’रून् भन्ने उनको चाहना थियो । उनको रणनीति थियो, साम–दाम–द’ण्ड–भे’द प्रयोग गरेर विपक्षीलाई हात लिई उपत्यका जित्ने । त्यसै अनुरूप उपत्यकाका तीन शहरलाई घेरा हालेर ग’लाए । ककनी, शिवपुरी, नगरकोट हुँदै कुतीतर्फ जाने बाटो छे’के । यसले कुतीबाट तीन शहरले भोटसँग गर्दै आएको बेपार बन्द भयो।

उत्तरका कि’ल्लामा ल’ड्ने क्रममा पृथ्वीनारायणका ‘दाहिने हात’ काजी शिवरामसिंह बस्नेत बि’ते । दक्षिणतिरको कीर्तिपुर किल्ला बडो जब्ब’र थियो । यो किल्ला जितेपछि तीन शहर जित्न सम्भव हुन्थ्यो । त्यसैले कीर्तिपुर जित्ने व्यग्रता सहित उनी दहचोकमा किल्ला जमाएर बसेका थिए । उनले काजी कालु पाँडेको नेतृत्वमा यु’द्ध ल’ड्न आदेश दिए ।

पाँडेले ‘अहिले तीनै शहरका राजाका से’ना सङ्गठित भएर कीर्तिपुरमा तैनाथ छन्, यो समय यु’द्ध लड्न अनुकूल छैन’ भन्दा पृथ्वीनारायण ज’ङ्गिएर ‘तँलाई ल’ड्न ड’र लाग्यो ?’ भनेपछि पाँडे यु’द्धमा हो’मिए । नभन्दै १८१४ सालमा कीर्तिपुरको यु’द्धमा तीन शहरकै सेना गोरखालीमाथि ख’निंदा गोरखालीको हा”र भयो, पाँडे पनि मा’रिए।

त्यसै वर्ष इस्ट इन्डिया कम्पनीले नबावलाई पराजित गरेर बङ्गाल राज्य हात लियो । सात वर्षपछि १८२१ सालमा बङ्गाल, लखनउ र दिल्लीका बादशाहका संयुक्त फौजलाई हराएर इस्ट इन्डिया कम्पनीले उत्तर भारतमा शासन गर्न लाग्यो । बादशाह र नबावहरू कम्पनी सरकारको वशवर्ती भएर बसे।

उत्तरी कि’ल्लामा ल’ड्दा शिवराजसिंह बस्नेत र कीर्तिपुरको यु’द्धमा कालु पाँडेको मृ’त्यु भएपछि पृथ्वीनारायणलाई ठूलो ध’क्का लाग्यो । अन्ततः उनले यु’द्ध नीति बदलेर जयप्रकाश मल्लसँग सन्धि गरे । उनले साँखु, चाँगु जयप्रकाशलाई छाडिदिने र जयप्रकाशले लामीडाँडा दिने शर्तमा सन्धि भयो । तर, त्यो सन्धि धेरै टिकेन । जितेको जमीन न पृथ्वीनारायणले छाडे, न जयप्रकाशले लामीडाँडा दिए।

त्यसपछि पृथ्वीनारायणले उपत्यकामा ना’काबन्दीको नीति अपनाए । ना’काबन्दीका कारण भोटसँगको बेपार बन्द भएपछि जनजीवन ज्यादै क’ष्टकर बन्यो । उपत्यकाबासीलाई नून खान समेत मु’श्किल भयो । उस वेला ना’काबन्दीको असरलाई कवि उदयानन्द अज्र्यालले विचित्रसँग वर्णन गरेका छन् ।

मानिसहरू नूनको तिर्सना मेट्न अदुवा र लसुन चपाउने, सुक्खा खेतका गह्राको माटो चाट्ने गर्थे । कतिपयले भोटबाट नूनको पोका दुरुस्त मानव श’व जस्तो बनाई आर्यघाटमा सद्गत गर्न लागेको भन्दै छ’लेर ल्याउँथे र सुटुक्क बहालभित्र छिराएर दामासाही बाँडी लाने–खाने गर्थे । कतिपय कर्मचारी र प्रजा भने पृथ्वीनारायणसँग शर’ण पर्न पनि जान्थे।

पृथ्वीनारायणले मकवानपुर जितेपछि दक्षिणतिरबाट पस्ने नेपालदून (काठमाडौं उपत्यका) को ढोका पनि बन्द भयो । गोरखाको पूर्वी सिमाना तराईको कमला नदी बन्यो । यसै वेला मकवानपुरलाई सहायता दिएर त्यसको तराई भूभाग हात पार्ने उद्देश्यले गङ्गा किनारको किल्लामा बसेका बङ्गालका नबावका सै’निक मकवानी राज्यका पक्षमा गोरखालीसँग ल’ड्न आए । तिनलाई गोरखालीले एकै झ्मटमा ह’राएर धपा’इदिए।

यता, कीर्तिपुरमा तेस्रो पल्टको यु’द्धमा भने पृथ्वीनारायणले विजय प्राप्त गरे । उनले नेपालदूनमा गरेको घे’राबन्दी त छँदै थियो । त्यस वेला उपत्यकाका तीनै शहरमा इ’साई पादरीहरू चर्च खोलेर बसेका थिए । यिनलाई पृथ्वीनारायणले ‘सात समुद्रपारिका साधु’ भनी आउजाउमा प्रतिबन्ध लगाएका थिएनन् ।

यही औसर छोपेर जयप्रकाश मल्लको सल्लाहले पादरीले बङ्गालस्थित इस्ट इन्डिया कम्पनी सरकारका गभर्नरलाई एउटा चिठी पठाए । चिठीको मजबुन यस्तो थियो–
‘गोरखाली राजाले तीन शहरमा ना’काबन्दी गरेका छन् । उनको राज्य यहाँ चल्यो भने हामी सुविस्तासँग बस्न पाउँछौं÷पाउँदैनौं । गोरखालीलाई ह’राउन सकियो भने हाम्रो बसाइ पनि सुनिश्चित हुन्छ, हाम्रा बेपारी कोठी खोल्न पनि पाइन्छ । भोटको बेपार पनि हाम्रो हात लाउन सक्छ, तसर्थ अविलम्ब गोरखालीलाई हराउन जयप्रकाशको मद्दतको लागि कम्पनीले सहायता गरोस्।’

यो चिठी पाउनासाथ कप्तान किनलकको नेतृत्वमा श’स्त्र सहित सैनिक दल जनकपुर हुँदै सिन्धुलीगढीतर्फ चढ्न लाग्यो । पृथ्वीनारायणले पनि सधिएका सै’निक पठाएर गढीबाट अङ्ग्रेज फौ’जलाई खे’दे । तिनका हा’तहतियार पनि हात पारे।

यो यु’द्ध पृथ्वीनारायणका लागि उदय र अस्तकै सवाल थियो । उनले हा’रेको भए त्यसै वेलादेखि अङ्ग्रेजको उदय र गोरखालीको अस्त हुने थियो । यस विजयले पृथ्वीनारायणको कीर्ति पताका नेपालमा मात्र होइन, भारतभर फैलियो । अस्ताउन लागेको मुस्लिम शक्ति र उदाउन लागेको ब्रिटिश शक्तिलाई जितेपछि उनले सजिलै कान्तिपुर र ललितपुर विजय गरे ।

अर्को वर्ष १८२६ सालमा भक्तपुर पनि जिते । यो क्रम चल्दै गयो र क्रमशः सेनराज्य चौदण्डी र विजयपुर क’ब्जा भए । माझ् किरातमा केही किल्लामा सानोतिनो यु’द्ध भए पनि राजधानी चौदण्डी र विजयपुर विना यु’द्धै विजित भए।

यसरी पृथ्वीनारायणले आफ्नो अन्तिम कालसम्म तीन मल्ल राज्य, तीन सेन राज्य जितेर गोरखा समेत सात राज्य जोडेर नेपाल एकीकरणको बलियो जग बसाले । उनको लक्ष्य थियो, पश्चिमका सबै राज्य जितेर गङ्गाको हरिद्वार पुर्‍याउने । पूर्वतर्फका विजय टुङ्ग्याएर पश्चिम विजयका लागि उनी नुवाकोट दरबार गइबसेका थिए । तर, खटिराको व्यथा (सम्भवतः बिफर) का कारण १८३१ सालमै प’रलोक भए।

पृथ्वीनारायणपछि १०/११ वर्षसम्म पश्चिम विजयले त्यति गति लिन सकेन । उनका नाति रणबहादुर शाहका पालामा नायब बनेर राज्य सञ्चालन गरेका बहादुर शाहले ६ थरी भारदारको बलियो सङ्गठन बनाई बाइसी चौबीसी राज्य र अझ् परका कुमाउ गढवाल जितेर यमुनासम्म साँध लाए । जसबाट चार धाम गङ्गोत्री, यमुनोत्री, बद्री, केदार क्षेत्र पनि नेपालभित्र परे । यस कुराले नेपालीहरू प्रफुल्ल भएर धूमधामसँग उत्सव मनाए।

नेपालीहरू अझ उत्साहित भएर अघि बढ्दै पश्चिम सिमाना किल्ला काँगडासम्म पुर्‍याए । यो नेपालको ‘स्वर्णकाल’ थियो । पृथ्वीनारायणले आरम्भ गरेको काम सफलताको सिंढीमा पुर्‍याउने काम उनका छोरा र भारदारले गरिछाडे।

लाञ्छना र अफवाह
पृथ्वीनारायणको नीति थियो, भरसक हिं’सा नगर्ने, जनतालाई पी’र हुने कार्य नगर्ने, सकेसम्म ह’तियार विनै दुश्म’नलाई का’बुमा ल्याउने । यसैले उनले नेपालदूनलाई घे’राबन्दीमा पारेका थिए । यो घेरा’बन्दी हटाइदिन क्रि’श्चियन पा’दरीहरू मार्फत जयप्रकाश मल्लले अङ्ग्रेजसँग सहायता मागेका थिए ।

आफ्नो फाइदा हुने देखेर मात्र यो प्रस्ताव स्वीकार गरी अङ्ग्रेजले सै’निक सहायता पठाएको हो भन्ने कुरा पृथ्वीनारायणलाई जाहेर थियो । उनलाई यी पा’दरी भला मतिका होइन रहेछन्, एक हातमा बा’इ’बल अर्को हातमा ह’तियार लिएका साधु रहेछन् भन्ने लाग्यो । त्यसैले तीन शहर जित्ने बित्तिकै ६० जना जति क्रि’श्चियन पा’दरीलाई काठमाडौंबाट बिदा गरेका थिए ।

कीर्तिपुर यु’द्धमा उत्रिंदा पृथ्वीनारायण आफैं पनि श’त्रुका हातबाट झ्ण्डै मा’रिएका थिए । धन्न श’त्रुका पक्षमा पनि भला मतिका मान्छे रहेछन्, उनले राजालाई मा’र्नु हुँदैन भनेर पृथ्वीनारायणलाई दहचोक पुर्‍याएर ब’चाएछन् ।

त्यसपछि पृथ्वीनारायणले कीर्तिपुरलाई का’यल पार्न घेरा’बन्दी गर्ने नीति लिए । फेदीमा गोरखाली बसेपछि डाँडाका मानिसले खाद्य पदार्थ लैजान पाएनन्, मुखमा मा’ड लगाउनै हम्मे पर्‍यो । केही कीर्तिपुरेले तल घेरामा बसेका मुख्य मानिसहरूलाई ‘अब मिलौं, हामी कीर्तिपुर छाडिदिन्छौं, तपाईंहरू आउनुस्’ भनेर बोलाएछन् । विश्वास मानेर गोरखाली गएछन् । राम्रोसँग मेजमानी गरेर अनेक परिकार खुवाएर सुताएछन् । रा’ति म’स्त निद्रामा परेका वेला ती गोरखालीलाई नोलले हा’नेर टाउको फु’टाई मा’रेछन्।

झु’क्याएर मा’र्ने षड्य’न्त्रकारीलाई कस्तो स’जाय दिने भनेर सोध्दा पृथ्वीनारायणले आ’देश दिएछन्, ‘हुन त ज्या’नको बदला ज्या’नै लिनुपर्ने हो, तर अघि ती ज्या’नमारा वै’रीका मान्छे थिए, मैले जितेपछि मेरा प्रजा भए । अब मैले आफ्ना प्रजा मा’र्नु हुन्न, एउटा चिह्न लाएर छाडिदेऊ।’

कीर्तिपुर जितेपछि झु’क्याएर गोरखालीलाई मा’र्ने ती षड्यन्त्र’कारीलाई कस्तो स’जाय दिने भनेर सोध्दा पृथ्वीनारायणले आदेश दिएछन्, ‘हुन त ज्यानको बदला ज्या’नै लिनुपर्ने हो, तर अघि ती ज्या’न’मारा वै’रीका मान्छे थिए, मैले जितेपछि मेरा प्रजा भए । अब मैले आफ्ना प्रजा मा’र्नु हुन्न, एउटा चिह्न लाएर छाडिदेऊ ।’

ठूलो अपरा’ध गर्नेलाई त्यस्तो चिह्न लगाइन्थ्यो । खास गरी ज्या’न स’जाय दिनुपर्ने व्यक्तिलाई त्यस्तो सजा’य नदिंदा नाक का’ट्ने, कान का’ट्ने गरिन्थ्यो । त्यो पनि नाक र कान जम्मै का’टेर छि’नाल्ने होइन, नाकको टोप्रो र कानको लोती अलिकति का’टेर चिह्न लगाइदिने गरिन्थ्यो । अर्को चाहिं, यो अप’राधी हो भनी चिनाउन नि’धार वा गाला डा’म्ने द’ण्डको व्यवस्था थियो।

गोरखालीलाई ष’ड्यन्त्रपूर्वक मा’र्नेहरूलाई नाक का’ट्दा का’ट्ने व्यक्तिले एक जनाको नाकको टोप्रोसँगै ओठ पनि अलिकति का’टिदिएछ । टोप्रोे मात्र का’ट्नु’पर्नेमा ओठ पनि किन का’टेको भनेर त्यो का’ट्नेको पनि नाक का’टिदिएको कुरो पनि नेपालको भाषा वंशावलीमा लेखिएको छ ।

नेपालबाट निकालिएका क्रि’श्चियनहरू सिमानाको बेतियामा बसेका थिए । उनीहरू पृथ्वीनारायणप्रति अति क्रु’द्ध थिए । तीमध्ये पाद’री जिसेप्पीले पृथ्वीनारायणले आठ सय कीर्तिपुरेका नाक का’टेर वि’रूप बनाए भन्ने लेखेर बेलायतको जर्नलमा छपाएछन् । त्यो कुरो पानीमा तेल जस्तै पैmलियो ।

कीर्तिपुरमा त्यस वेला कति जनसङ्ख्या थियो ? गोरखालीलाई झुक्या’एर मा’र्ने कति जना थिए ? यो सङ्ख्या समयसँगै पछि बढ्दै आयो । १८४९ सालमा चीनसँग नेपालको यु’द्ध पर्‍यो । यसको मध्यस्थता गर्न भनेर कर्कप्याट्रिक नेपाल आए । उनले नाक का’टिएको एक भरिया भेटेछन् । त्यसैका आधारमा उनले पृथ्वीनारायणले जम्मै कीर्तिपुरेका नाक र कान का’टेछन् भनेर लेखिदिए।

त्यस्तै, अठारौंं शताब्दीको अन्त्यतिर काठमाडौंमा ब्रिटिश रेजिडेन्ट भएर ब्रायन हज्सन आएका थिए । उनी यहाँ लामो समय बसे, नेपालको खोजखबर निकै गरे । नेपालको भाषा वंशावली नेपालीबाटै लेखाए । त्यस वंशावलीमा कीर्तिपुरेका का’टिएको नाकको तौल सत्र धार्नी थियो भनिएको छ ।

यो कुरो भारतमा मुगल सम्राट् औरंगजेबले बाहुन–क्षत्रीको जनै झ्क्दिा झ्क्दिा साढे सत्र धार्नी भयो भने जस्तै हो । न ती जनै उति वेला कसैले जोख्यो, न ती नाक र कान कसैले तौलियो । तिनै हज्सनको दि’मागबाट उत्पन्न कुरो हो यो।

हज्सनले दरबारभित्र झ्गडा लगाउने गरेका थिए । अति भएर राजा राजेन्द्रले ब्रिटिश गभर्नरलाई भनेपछि उनको सरुवा गरियो । तर, उनले ‘मलाई सरुवा नगरियोस्, नेपालमा मेरो धेरै काम छ, सरुवा गर्ने नै हो भने दार्जीलिङमा राखियोस्’ भनेछन् । त्यहाँ पुगेपछि पनि उनले जा’तीय भ’ड्काउ गर्ने कुरा गर्न छाडेनन् । नेपालतिरबाट गएका राई–लिम्बूहरूबाट लेखाएर उनले अनेकौं वि’भेदका कुरा आफ्नो देशमा बारम्बार पठाएका थिए ।

गोरखा राज्य वि’रुद्ध जयप्रकाशलाई सहयोग गर्न पा’दरीहरूको अनुरोध स्वीकार गरी आएको अङ्ग्रेजको फौ’जलाई प’रास्त पारी धपाएकोमा पा’दरी र हज्सन जस्ता व्यक्तिहरू पृथ्वीनारायणदेखि अत्यन्तै चि’ढिएका थिए । पृथ्वीनारायणले ‘बत्तीस हजार किराती, सबका सब लिम्बूहरूलाई मा’रेका थिए’ भनी हज्सनले लेखेका पत्र ब्रिटिश लाइब्रेरीमा अहिले पनि सुरक्षित छन् ।

मेरो विचारमा त्यहाँ गोरखालीलाई झु’क्याएर मा’र्ने आठ जना मात्र थिए । तिनैका नाकका टोप्रा का’टिएका हुन् । म त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) मा जानुभन्दा अघि त्यहाँ अनुसन्धान गर्नेमा इमानसिंह चेम्जोङ पनि थिए । तिनले हज्सनले लेखेको पत्र धनवज्र वज्राचार्यजीलाई देखाउँदै भन्थे, ‘यस्ता पत्र पनि ब्रिटिश लाइब्रेरीमा पुगेका छन्, यस्तो झू’टो प्रचार हुन्छ । साँच्ची नै पृथ्वीनारायणले सबै लिम्बूलाई स’खाप पारेको भए हामी कहाँबाट हुन्थ्यौं त?’

एकीकरणपछि
पृथ्वीनारायणले राई–लिम्बूलाई लेखेका थुप्रै पत्र मैले छापेको छु । ती पत्रमा मेलमिलापका र राम्रै कुरा छन् । मैले लेखेको नेपाल सुखी सम्बन्ध पुस्तकमा पृथ्वीनारायणले लिम्बूलाई सम्बोधन गरेर लेखेको पत्र पनि समावेश छ । त्यस पत्रमा उनले ‘तिमीहरूले खाइपाइ आएको यथावत् रहनेछ । धर्मशास्त्र मान्नेले धर्मशास्त्र र मुन्धुम मान्नेले मुन्धुमैै मान्ने कार्यमा खलल हुने छैन’ भनी लेखेका छन्।

खम्बुवान् लिम्बुवान् सर गर्न गोरखा राज्यका सरदार रामकृष्ण कुँवर पहाडतिरबाट र काजी अभिमानसिंह बस्न्यात तराईतिरबाट गएका थिए । अभिमानसिंहले दश लिम्बूलाई मिल्न आह्वान गरे । केही फाट्टफुट्ट सुखिमतिर लागे पनि अरू सबै गोरखालीसँग मिल्न आए । यस्तै, विजयपुर राजधानीमा रहेका राजा कर्ण सेन र देवान (मन्त्री) बुद्धकर्ण राई दुवै भारतको पूर्णियातिर पसे । अर्थात्, पृथ्वीनारायणले जितेका ६ राज्यका राजधानीमा कुनै हिं’सा वा यु’द्ध गरेनन् ।

झन् भक्तपुर त आफ्नै मितबाबुको राज्य । तर, उनका कान्छा भाइ सुरप्रतापलाई चाँडै भक्तपुर जितेर त्यहाँको राजा हुन्छु भन्ने महत्त्वाकांक्षा पसेछ । र, राजदरबारभित्र पसेर गो’ली चलाउँदा भक्तपुरमा भा’गेर बसेका कान्तिपुरे राजा जयप्रकाश मल्ललाई खुट्टामा गो’ली लाग्यो । त्यसैका कारण उनी बिते । यस घट’नाबाट पृथ्वीनारायण भाइसँग निकै रि’साए । उनको भक्तपुरको राजा हुने आकाङ्क्षा तुहि’एपछि उनी राज्य छाडेर कास्कीतिर लागे।

पहिले पृथ्वीनारायणले ससुराली राज्य मकवानपुर जितेका थिए । त्यहाँको तैनाथी माहिलो भाइ चौतरिया महोद्दाम कीर्ति शाहलाई दिएका थिए । तर, उनी त त्यहाँ राजा बन्ने दाउमा लागेछन् । यो कुरा पृथ्वीनारायणलाई उनीप्रति बफादार केहरसिंह बस्न्यातले बेलिविस्तार लगाए । पृथ्वीनारायणले भाइलाई बोलाएर सुनेको कुरो सुनाए।

महोद्दाम कीर्तिले आफ्नो कुरो लगाएछ भनेर केहरसिंहलाई दो’ष दिन थाले । पृथ्वीनारायणले ‘तँ झू’टो होस्, केहर साँचो र वफादार हो’ भनेर भाइलाई झ्पारे र देश नि’काला गरिदिए । साहिंलो दलमर्दन शाहलाई पनि पहिले पाटनका प्रधानले राजा बनाएका थिए । पछि फेरि उनी त्यहींका राजा हुन चाहन्थे । त्यो इच्छा पूरा नहुँदा उनी पनि विदेशिए।

पृथ्वीनारायणले मायामोहमा लागेर भाइभाइमा राज्य बाँडेका भए नेपाल राज्य टुक्रिने थियो । भाइहरूबीच राज्यको अंश नलगाउने उनको कार्य अत्यन्त राम्रो र दूरदर्शी थियो, राज्य टु’क्रिएन र हामीले सिङ्गो नेपाल पायौं।

पृथ्वीनारायणको समीक्षा गर्दा उनले राज्यलाई भाइहरूमा अंश नलगाउने कुराको ठूलो महत्त्व छ । व्यक्तिको परीक्षा यु’द्धका वेला के गरे भन्नेमा मात्र हैन, शान्तिका बखत कस्तो नीति लिए, त्यसको दीर्घकालीन प्र’भाव कस्तो रह्यो भन्नेमा हुन्छ । आज लगभग २७५ वर्षपछि उनले गरेका कार्यको समीक्षा गर्दा यो कुरालाई केन्द्रमा राखेर व्यक्तिको मूल्याङ्कन गरिनुपर्छ । (नेपाल इतिहासकार हुन्।)

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया