
काठमाडौं / जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । जनमतको पार्टी कार्यालय बुद्धनगरमै पुगेर थम्पसनले अध्यक्ष डा. राउतलाई भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको विकास र सहकार्यबारेमा छलफल भएको जनमत पार्टीले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनपछि राउतको पार्टी जनमत पार्टी मधेसमा नयाँ श’क्तिको रुपमा देखा परेका छ ।
प्रतिनिधि सभामा समेत ६ सिट जितेको जनमत पार्टीको मधेस प्रदेशमा १३ सिट प्राप्त गरेको छ । नयाँ सरकार गठन र भावी कार्यदिशाको बारेमा ग’म्भीर चासो भइरहेका बेला अमेरिकी राजदूत थम्पसन र राउतबिचको भेटवार्तालाई अहिले सबैतिरबाट रहस्यमय र अर्थपूर्ण रुपले हेरिएको छ ।
यो प’नि, विश्वासको मतले चु’नौती र जिम्मेवारी दुवै थपिएको छ : प्रधानमन्त्री प्रचण्ड
गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्।
गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए। प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताएका छन्। उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए।
प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।
“विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ”, उनले भने, “ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु ।” प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताए।
“निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा क’बु’लहरु राम्रैसँग सम्झना छ”, प्रधानमन्त्री प्रचण्डले भने, “गोरखाको जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई ग’र्व पनि छ ।” उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवाद समेत दिए ।