शनिबार २३ मंसिर २०८०

काठमाडौं, २७ पुस । इतिहासकार डा. रमेश ढुंगेलले पृथ्वीनारायण शाहकाे सालिक ढाल्नेहरूले पुस २७ मा सार्वजनिक बिदा दिएर विगतकाे गल्ती आत्मसात गरेकाे बताएका छन् ।

‘पृथ्वीनारायण शाहका बारेमा भ्र’मपूर्ण व्याख्या गरेर भुइँफुट्टाहरूबाट विगतमा सा’लिक ढा’लेर धु’लिमैदान बनाउने काम भएकाे थियाे । अहिले त्यसका नेतृत्वकर्ताले नै उनकाे जन्मजयन्तीमा सार्वजनिक बिदा दिनु भनेकाे सत्यकाे रियलाइजेसन हाे,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै ढुंगेलले भने ।

अब पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा पुनर्जीवित गर्नुपर्ने उनले औंल्याए । ढुंगेलले थपे, ‘त्याे युगमा लेफ्ट-डेमाेक्र्याट भन्ने थिएन । पृथ्वीनारायण शाह सामन्तकालका राजा भए पनि साझा संस्कृतिकाे उत्थान गर्ने कुशल अधिनायक हुन् ।

उनले भुरेटाकुरे राजा रजाैटालाई मिलाएर अंग्रेज महाश’क्तिसँग ल’डे ।’ इतिहासकार ढुंगेलले पृथ्वीनारायण शाहकाे तस्बिर राखेर नाेट बनाउनुपर्ने पनि बताए ।

‘अमेरिकामा जर्ज वासिङटनकाे टाउकाे राखेर नाेट बनाइएकाे छ । उनकाे टाउकाेलाई राष्ट्रिय एकताकाे प्रतीक मानिएकाे छ । अब नेपालमा पनि पृथ्वीनारायण शाहकाे टाउकाे राखेर नाेट बनाउनुपर्छ ।’

पृथ्वीजयन्तीको अवसरमा आज राप्रपाको चियापान :
राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए।

पृथ्वी जयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा :
नेपाल सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो ।

६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया