
ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलको रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकोलागि पहिलो गन्तब्य बनिने गरेको छ । चारैतिर हराभरा र उकाली ओराली बिच पहाड तथा हिमाली भेगको फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।
यो मन्दिर यात्रा गर्न जो कोहिका लागि त्यती सहज छैन । यात्रा क’ठिन भएकै कारण धेरै मानिसले यो मनोरम पर्यटकिय स्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न क’ठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेको छैन ।
परापूर्वकालमा त्यहाका गोठालाहरूले पाथिभरा मन्दिर परिषरमा आफ्नो भेडिगोठ बनाउने गर्थे एक दिन अचानक रातको समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अल’प भएको र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा ब’लीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।
देविले दिएको निर्देशन अनुसार बलियो भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिला’एका अथाह भेडाहरू जस्ताको तस्तै त्यहि ठाउमा देखिएपछि देविको साच्चै उत्पती रहेको किमदन्ती रहदै आएको छ । त्यो भन्दा आश्चर्यको कुरा, ब’लि दिएको भेडाको रग,त बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो ।
यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । सोहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयौको संख्यामा भेडाहरूको ब’लि दिने चलन रहेको छ । पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको ब’ली चढाइन्छ ।
तर, बलीस्थलमै र’गत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शं’काको घेरामा राख्ने हो भने देवीको नाममा चढाइएको ब’लि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रग’तको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन
यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले च’ढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु ब’ली अनिवार्य नभए पनि बली च’ढाउनु अति उत्तम मानिन्छ । का’टमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भो’ग चढाउँछन् । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ ।
त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।