
काठमाडौं / पछिल्ला वर्ष टिकटकबाट म्युजिक भिडियोमा उदाउने कलाकारहरूको संख्या निकै ठूलो छ । त्यसमध्ये केही कलाकारहरू त म्युजिक भिडियोमा सोचेभन्दा राम्रैगरी जमिरहेका पनि छन् ।
प्रिज्मा– प्रिन्सी खतिवडा, गरिमा शर्मा, गीता ढुंगाना, सुधार श्रेष्ठ लगायतका कलाकारहरू टिकटकबाटै उदाएका हुन् जो म्युजिक भिडियोमा ‘डिमाण्डेड’ मानिन्छन् ।गरिमा शर्मा त यतिबेला चलचित्रको अभिनेत्री समेत बनिसकेकी छिन् ।
पछिल्लो समय टिकटकबाट म्युजिक भिडियोमा उदाउनेमध्येमा पर्छिन् पवित्रा साँकी अर्थात ‘मिस पबि’ । डडेल्धुराकी उनी टिकटकमा निकै चर्चित छिन् । उनै ‘मिस पबि’ यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् ।
केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सर्वाधिक चर्चा दिलाउने गीत भने ‘जुम्ला’ हो । दुई साताअघि मात्र युट्युबमा सार्वजनिक सुनिल गिरीको उक्त गीतले अहिले निकै राम्रो भ्युज पाइरहेको छ ।
यो गीतले चर्चा पाएसँगै उनलाई एकपछि म्युजिक भिडियोहरूबाट मोडलिङका लागि ‘अफर’ आइरहेका छन् । ‘जुम्ला’ पछि मिस पबिले
अन्य केही म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् ।
जसमध्ये ‘संग संगै’बोलको गीत माघको १ गते सार्वजनिक हुँदैछ ।
अभिनयका लागि थुप्रै गीतहरूबाट अफरहरु आउने गरेको भएपनि मिस पबिले छनोट गरेर मात्रै मोडलिङ गर्ने गरेकी छिन् ।
उनी एउटा म्युजिक भिडियोमा मोडलिङ गरेको ३० हजार रुपैयाँ पारिश्रमिक मा’ग्ने गरेकी छिन् । आफ्नो गीतमा मिस पबिलाई मोडलिङ गराउन लागेका एक गायकले भने – ‘३० हजार रुपैयाँ भन्नुभयो । त्यसमा केही मिलाउँला भन्नुभएको छ ।’
अहिले भिडियोमा काम गरिरहेकी मिस पबिको रुचि चलचित्रतिर पनि छ । कथा, टिम चि’त्त बुझ्यो भने चलचित्रमा पनि अभिनय गर्ने उनी बताउँदै आएकी छिन् । अभिनयप्रतिको रुचि भने आफूमा सानैदेखि रहेको उनले बताएकी छिन् ।