
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको मत भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत नि’राशाको नभई आशाको मत भएको बताएका हुन् । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पारे ।
उनले भने, “म यसलाई निरा’शाको होइन, नेपाली जनताले दिएको आशाको मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।”
उनले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भने, “नयाँ दललाई न’मा’त्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घ’टा’इदिएका छन् ।”
नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताए। नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमत अनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक–पटक व्यक्त गर्नुभएकोसमेत स्मरण गरे।
उनले नेपाली समाजमा व्याप्त भ्र’ष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उनको जोड थियो ।
सरकारको काम का’रवाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यव’धान खडा गर्ने अड्काउन काम नगरी सघाउने हुनेछ भन्ने आशा व्यक्त गरे। सभापति लामिछानेले कुनै पनि का’लखण्डमा भएको भ्र’ष्टाचारका विषयमा सरकारले नि’र्मम भएर छा’नबिन गर्ने प्र’तिबद्धता व्यक्त गरे।
उनले भने, “कुनै पनि का’लखण्डमा भएको भ्र’ष्टाचारका विषमया सरकार निर्मम भएर ख’डा हुन्छ । संसद्ले पनि त्यस्ता भ्र’ष्टाचारका घ’ट’ना छा’नबिनका लागि फाइल खोल्नुपर्छ ।” भ्र’ष्टा’चारको छा’नविनमा राजनीतिक दल, नेता र सांसदले द’बाब र प्र’भाव पर्न नहुने उनको कथन छ ।
विधिको शासन पालना गराउन सबैको साथ र सहयोग रहने स्पष्ट पार्दै सभापति लामिछानेले आफ्नो दलका नेता र सांसद पनि ग’लत काममा सहभागी नहुने र नागरिकलाई दुः’ख नदिने स्पष्ट पारे ।