
काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रि’एको बताए ।
‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए । भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको ।’
देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब संघीयता नटिक्ने दाबी गरे । घु’स खानु र भ्र’ष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको नि’राश बढेको बताए । गणतन्त्रप्रति जो’खिम गणतन्त्रका लागि ल’डे’का नेताहरूबाट हुने उनको भनाइ छ ।
यो पनि :- प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहि’ष्कार
विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तर, हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले भने मुख्यमन्त्रीको सपथ ग्रहण वहि’ष्कार गरेको छ ।
माओवादी संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ समारोहमा समेत माओवादी केन्द्र सहभागी नभएको बताए ।
उनले पाँच वर्षभित्र आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उप्रेतीले यो विषयमा केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको बताए ।