आइतबार १५ माघ २०७९

काठमाडौं / मुख शरीरको प्रवेशद्धार हो। मुख स्वस्थ हुन सकेन भने शरीरका अन्य अंगहरु पनि स्वस्थ हुन सक्दैन । हामीले दैनिक रुपमा दाँत ब्रस गरिरहेका हुन्छौँ । तर तरिका सही नहुन सक्छ। छनोट गरिएका मञ्जन र ब्रस पनि उपयुक्त नहुन सक्छ।

दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयमा हामीले डेन्टल सर्जन डा हरिप्रसाद ओलीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

दिनको दुई पटक ब्रस गर्न किन आवश्यक छ?
– बिहान र बेलुकीको खानापछि गरी दुई पटक ब्रस गर्न आवश्यक छ।
– खाना खाएपछि दाँतमा खाएका खानेकुरा अड्किने, टाँसिने समस्या हुन्छ।
– दाँतमा अड्किएका खानेकुराहरु सफा गर्न दिनको दुई पटक ब्रस अनिवार्य छ।

दिनको दुई पटक ब्रस गरेनौँ भने दाँत तथा मुख स्वास्थ्यमा कस्तो असर गर्छ?
– दिनको दुई पटक ब्रस नगर्दा गिजा सम्बन्धी समस्या हुन्छ।
– दाँतमा किरा लाग्ने समस्या पनि निम्त्याउँछ।

व्यस्तताका कारण दिनको दुई पटक ब्रस गर्न नमिल्ने अवस्थामा कसरी सफा राख्ने?
– खानेकुरा खाने बित्तिकै पानीले कुल्ला गर्नुपर्छ।
– माउथ वास बोकेर हिड्न संभव नहुने भएकाले पानीले कुल्ला मात्र पनि गर्न सकिन्छ।

ब्रस र मञ्जनको छनोटमा सचेत हुन कत्तिको जरुरी छ?
– हामीले प्रयोग गर्ने ब्रस र मञ्जनको छनोटमा सचेत हुन एकदमै आवश्यक छ।
– कतिपय बिरामीले दिनको २/३ पटक ब्रस गर्छु भन्नु हुन्छ तर उहाँहरुको मुख स्वास्थ्य राम्रो देखिदैन।
– कडा भन्दा नरम खालको ब्रसको प्रयोग गर्नुपर्छ।
– फ्लोराइड अर्थात् नूनको मात्रा बढी भएको मञ्जन प्रयोग गर्नुपर्छ।

एउटा ब्रस कति महिनासम्म प्रयोग गर्न मिल्छ?
– तीन/तीन महिनाको फरकका ब्रस परिवर्तन गर्नुपर्छ।
– एउटै ब्रसलाई लामो समयसम्म प्रयोग गरिरहनु हुँदैन।

दाँत ब्रस गर्ने सही तरिका के हो?
– ब्रस ९० डिग्रिमा राख्ने र पछाडिबाट ब्रस गर्दै जाने।
– ब्रस गर्दा तल माथि, दाँया, बाँया गरेर सफा गर्नुपर्छ।
कति मिनेटसम्म ब्रस गर्नुपर्छ? यसको कुनै समय छन्?
– दुई मिनेटसम्म दाँत ब्रस गर्दा सफा हुन्छ। हतारमा गर्नु हुँदैन।

दाँतमा किरा कसरी लाग्छ?
– दाँतमा किरा लाग्ने भनेको किरा नै लाग्ने भन्ने होइन।
– हामीले खाएको खाना अ’ड्किदा कु’हिएर सुक्ष्म जीवाणुले दाँतलाई खा’ल्डो पार्दै लैजाने हो।
– किरा आजको भोलि लाग्ने होइन। समयमै उपचार नगर्दा दाँतलाई असर गर्दै जाने हो।

दाँतमा कि’रा लागेको कुन अवस्थामा अस्पताल जाने?
– दाँतमा किरा लाग्न नदिन राम्रोसँग ब्रस गर्नुपर्छ।
– दाँतमा किरा लागेपछि दाँत सि’रिङ्ग हुने, दु’ख्ने समस्या आउनु अगाडी नै अस्पताल जानुपर्छ।
– समयमै चिकित्सकलाई देखाउन सक्यौ भने उपचार र खर्च सहज हुन्छ।

दाँतलाई बिगार्ने खानेकुराहरु के के हुन्?
– मुख स्वस्थ्य भए मात्र शरीरका अन्य भाग पनि स्वस्थ हुन्छन्।
– दाँतमा धेरै टाँसिने, गुलियो, जंक फूडहरु खानु हुँदैन।
– फाइबर युक्त खानेकुराले दाँत र पुरै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ। कमला गुरुङ / स्वास्थ्य खबर प’त्रि’का बाट ।

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया