
काठमाडौं / सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अ’ल’पत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ वटा कम्पनीलाई का’लो सूचीमा राखेको छ ।
कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्धसमेत लगाएको हो । कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाण्डाैलाई साढे दुई वर्षका लागि का’लो सूचीमा राखिएको छ ।
सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरेको थियो । रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढि’लाइ गर्ने हाइग्रिवा/सिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालो सूचीमा राखिएको छ ।
यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान रहनुभएको छ ।त्यस्तै हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालो सूचीमा राखिएको छ ।
नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । खलङ्गा जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि का’लो सूचीमा परेको छ ।
सञ्जयाकुमारी राना (शाह) सञ्चालक रहेको यो कम्पनीलाई कालो सूचीमा राख्न टोखा नगरपालिकाले सिफारिस गरेको थियो ।त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी रहनुभएको छ ।
काठमाण्डाैको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालो सूचीमा राख्न पर्यटन विकास आयोजना हेटौँडाले सिफारिस गरेको थियो ।
प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ । गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।
रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालो सूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो ।कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।
यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी रहनुभएको छ ।त्यसैगरी कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।
यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला हुनुहुन्छ ।सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिसमा नीलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।
नीलगिरि निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी रहनुभएको छ ।