शनिबार १४ माघ २०७९

काठमाडौं / बिहानीको लाली घामले त्रिवि परिसर न्यानो बनेको छ । विद्यार्थीहरू न्यानोपना थप्न ‘विष्ट बाको चिया पसल’ तर्फ गइरहेका छन् । नानीकाजी विष्ट ताप्केमा चिया उमालिरहेका छन् । पसलका वरिपरी तेर्स्याइएका छन् ।

खुइ’लि’एका पुराना बेञ्च।युवा विद्यार्थीको एक जमात चिया पिउँदै गफिइरहेको थियो। र केही भने उमालिरहेको चियामा नजर लगाइरहेका थिए। ग्यासको चुलो भुइँमा छ। का’लो ज्याकेट र टोपी लगाएर टुसुक्क बसेका ७४ वर्षका नानीकाजी ग्राहकसम्म पुग्न सक्दैनन्। चिया पकाउने उनका हात पनि काँ’पि’रहन्छन्।

पाकेपछि ग्राहकहरू आफैं चिया लिन आइपुग्छन्। घडीघर अगाडि चियापसल थापेको ५८ वर्ष भइसकेछ विष्टले। तर चिया पसलको कुनै साइनबोर्ड छैन। चिन्नेहरूले ‘विष्ट बाको चिया पसल’ भनेर सम्झन्छन्।

नानीकाजीको सानो चिया पसलका अधिकांश ग्राहक त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू छन्। हामी पुग्दा चिया पसलमा नेविसंघका परिचित नेता थिए। जो विष्टले उमालिरहेको चियाको प्रतीक्षा गरिरहेका थिए।

६ दशकको इतिहास बोकेको विष्टको चिया पसलमा नानीकाजीसँग थुप्रै स्मृति छन् । यहीँ चिया पि’एका विद्यार्थीहरू ठूला नेता भए, मन्त्री भए, प्रधानमन्त्रीसम्म भए ।

तर उनीहरूले उ’धा’रो पिएको चियाको पैसा कहिल्यै पाएनन् विष्टले। ‘मेरो पसलमा उधारो खानेको नाम कान्तिपुर प’त्रि’कामा पनि छापियो। अहिले त उधारो गर्न ड’रा’उँछन् विद्यार्थीहरू,’ नानीकाजी हाँस्दै सुनाउँछन् । उधारो खानेहरूको नाम उनले डायरीमा टिप्नै छाडिसके। र पैसा माग्न पनि ।

तर नतिर्नेहरूको सम्झना भने आइरहँदो रहेछ नानीकाजीलाई। उनले कहिल्यै नबिसर्ने नाम हो पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा। शेरबहादुर त्यतिबेला त्रिविमा विद्यार्थी राजनीति गर्थे।उनको नियमित चिया अड्डा थियो विष्टको पसल। विष्ट र देउवाबीच मित्रता नै थियो त्यतिबेला। तर पसलमा उधारो पिएको चियाको पैसा देउवाको अझै बाँकी रहेछ।

नानीकाजी सम्झन्छन्, ‘शेरबहादुरको उधारो सात मोहोर थियो। पाँच दिए, दुई अझै बाँकी छ।’देउवाको चु’रो’ट ता’न्ने ल’त थियो। एक खि’ल्ली नसकिँदै उनी अर्को खि’ल्ली माग्थे। कहिल्यै नहाँस्ने, गजधम्म परेर बस्ने देउवाको स्वभावलाई नानीकाजीले प्रायः नियाल्थे। देउवा नानीकाजीलाई ‘विष्ट जी’ भन्थे। नानीकाजी ‘देउवा सर’ भनेर सम्बोधन गर्थे।

देशमा राजनीतिक परिवर्तन तीव्र भइराखे। उनको चिया पसलमा आउने विद्यार्थीहरू पनि बदलिरहे। त्यही क्रममा पहिलो पटक उनले देउवा प्रधानमन्त्री बनेको समाचार रेडियोमार्फत् सुने। आफ्नै साथी प्रधानमन्त्री हुँदा उनी गद्‌गद्‌ भए।

त्यसपछि त देउवा पटक–पटक प्रधानमन्त्री भए। तर नानीकाजीले आफूजस्तै मानिसहरूको जीवनमा चाहिँ कहिल्यै परिवर्तन देख्न पाएनन्।नानीकाजीलाई धेरै कुरा स्मरण छैन। जति छन्, त्यो पनि चिया जस्तै धमिलो।

उनले देउवाको निजी स्वकीय सचिव भानु देउवाको नम्बर राखेका छन्। कहिलेकाहीँ फोन दबाउँछन्। एकपटक टियुले उनलाई पसल उठाउने उर्दी दियो। नानीकाजीले भानुलाई फोन गरेर भने, ‘म कतै जान्न भनेर देउवालाई सुनाइदिनू।’तर कुनै प्रतिक्रिया आएन।

भानुले देउवालाई सुनाए, सुनाएनन् थाहा छैन। तर टियुले उनले टहरो उठाउन चाहिँ उठाएको छैन। देउवा पछिल्लो पटक ललितकलाको उद्घाटन गर्न पुगेका थिए। देउवा भेट्न चाहनेहरूको बाक्लो लाइनमा मिसिएका थिए नानीकाजी। उनलाई देउवासँग हात मिलाउँदै भन्न मन थियो, ‘बरु मलाई उधारो बाँकी राखेको पैसा चाहिन्न।

यहाँबाट कतै नउठाइयोस्।’तर त्यो रहर पूरा भएन। ०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। ०२१ मा पहिलो पटक टियुको हातामा विष्टले चियापसल खोले। तत्कालीन त्रिविका रेक्टर त्रैलोक्य नाथ उप्रेतीले उनलाई चिया पसल खोल्न दिएका थिए।त्यो बेला एक मात्र विष्टको चियापसल थियो।

कालान्तरमा यो चियापसल नेपालको विद्यार्थी राजनीतिको साक्षी बनिरह्यो। उनले सधैँ सम्झिरहने प्रसङ्ग अर्को पनि छ। तत्कालीन युवराज दीपेन्द्र शाह त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा भूगोल विषय लिएर पढ्थे। उनी पनि चुरोटको अम्मली। ‘दीपेन्द्र सधैं गार्डलाई मेरोमा लालीगुँरास चुरोट लिन पठाउँथे,’

उनी सम्झन्छन्, ‘अनि म खुसी भएर दिन्थेेँ।’दीपेन्द्र युवराज घोषित हुने दिन नारायणहिटी दरबारमा विष्ट जान खोजे। बुबाको निधन भएकाले उनी सेतो पोशाकमा थिए। सेतो पहिरनकै कारण उनलाई गेटबाट भित्र प्रवेश गर्न दिइएन।कीर्तिपुरस्थित भाजंगलमा ०५ सालमा जन्मे नानीकाजी। अहिले पनि त्यहीँ छ उनको घर।

जग्गा बेचेर, ऋण गरेर तीन तलाको घर जोडेका छन् नानीकाजीले।घरमा श्रीमती कमला विष्ट बिमार भइरहन्छिन्। नानीकाजी पनि बेला बेलामा बिरामी भइरहन्छन्।एकताका झाडापखाला लागेर दुई महिना पसल बन्द भयो। उच्च र’क्त’चापको विरामी छन् उनी।

चिया बेचेर उधारो गएकै कारण पैसा कहिल्यै बचत भएन। कहिलेकाहीँ त लाग्दो रहेछ, ‘अन्त काम गरेको भए जीवन अर्कैै भइसक्थ्यो होला।’विष्टको सानो चिया पसलमा पनि ८ पटक चो’री भयो। जोरजाम गरेर थपेको सामान पनि पटक पटक चो’रीले रित्तिँदा उनी नि’राश बन्न पुगे।

तर पनि उनी चिया बेच्न छाड्दैनन्। उनी यसैमा रमाएका छन्। जतिले चिने, चिया बेचेकै कारण चिने।जति साथी बने, चिया पसलमै बने। त्यसकारण उनी सकुन्जेल यहीँ बसेर विद्यार्थीहरूलाई चिया पिलाउन चाहन्छन्। ‘तर उधारोचाहिँ अब कसैले नराखिदिए हुन्थ्यो,’ नानीकाजी उम्लिरहेको चिया गिलासमा हाल्दै भन्छन् । – नेपाली राजनीति बाट ।

६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया