
हि’न्दू धर्मावलम्बीहरु हरेकको घरमा कुनै न कुनै पूजा त भएको नै होला । पूजा घरमा नभएपनि हामी मन्दिरमा गएर गरेका नै छौँ । मन्दिरमा गएर हामी पूजा गर्दा मन शान्त बनाउँछौँ र भगवानको आराधना गर्दर्छौं ।
पूजा गरिसकेपछि हामीले क्षमा याचना पनि मागेको हौँला । तर किन पूजा सकिएपछि क्षमा याचना गरिन्छ त ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी गराउनेछौँ । धार्मिक मान्यताका अनुसार हामी जुन नियमले पूजा गर्दर्छौँ त्यो नियममा केहि कमी भएको हुनसक्ने ड’रले हामी भगवानसँग क्षमा याचना माग्छौँ ।
क्षमा याचना गर्ने विशेष मन्त्र : आवाहनं न जानामी न जानामी विसर्जनम् ।
पूजां चैव नजानामी क्षमस्व परमेश्वर ।।
मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं जनार्दन ।
यत्पूजितं मया देव परिपूर्ण तदस्तु मे ।।
अर्थात् : भगवान म तपाईलाई बोलाउन पनि जान्दिन र बिदा गर्न पनि हामी जान्दैनौं । मलाई पूजा गर्न र पाठ गर्न पनि आउँदैन । मलाई यी तमाम ग’ल्तीहरुबाट क्षमा गर्नुहोस् ।मलाई पूजा गर्ने प्रक्रिया पनि थाहा छैन र मन्त्र पनि याद छैन त्यसैले मलाई माफ गरेर मेरो पूजा स्विकार्नुहोस् ।
क्षमा माग्दा के लाभ हुन्छ ? यो कुरा हामीले जान्नै पर्छ कि, क्षमा माग्दा के लाभ हुन्छ त ? क्षमा माग्दा अहं’कारको भावना हट्छ । क्रो’ध ई’र्ष्याहरु मनमा आउँदैनन् । त्यसैले मन पवित्र हुन्छ ।
पूजा गर्दा झु’क्किएर पनि नर्गनुस् यी ग’ल्ती ! कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन। पूजा गर्दा हामीले गर्ने साना – साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।
भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।
१. ग’लत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस् । यसलाई अपराध मानिने गरिन्छ । २. नीलो वा का’लो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन ।
३. शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । ४. सं’भो’ग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अप’राध मानिने गरिन्छ ।
५. रि’साएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन । ६. अँध्या’रोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।
७. घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् । ८. केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन ।