शुक्रबार २२ मंसिर २०८०

उर्लाबारी / मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चो’री भएको छ ।

शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फे’ला परेपछि सहकारीको पैसा चो’री भएको थाहा भएको थियो ।

व्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चो’री भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले संस्थाका व्यवस्थापक मेनुका नेपालीलाई निय’न्त्रणमा लिई अनुसन्धान सुरु गरेको बताए ।

प्रहरीले सहकारीका अध्यक्ष मीना कार्की र कर्मचारी प्रकाश खनालसँग पनि आवश्यक सो’धपुछ गरेको छ । दुई जना बचत सङ्कलकलाई भने प्रहरीले आवश्यक सो’धपुछपछि छाडेको छ ।

बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपियाँ चो’री भएपछि शेयर सदस्यहरूले त्यति ठूलो रकम किन बैंकमा जम्मा गरिएन भनेर प्रश्न उठाएका छन् ।

प्रहरी निरीक्षक मिलन थापाले भने, “कति पैसा भल्टमा थियो भन्ने विषयमा सञ्चालक र कर्मचारीहरू नै यकिन हुनुहुन्न ।”

शेयर सदस्यहरूले अरु नै बेला हि’ना’मिना गरेको रकम हिसाब मिलान गर्न चो’री गरेको बहाना बनाएको हुनसक्ने आ’रोप लगाएका छन् ।

घट’नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि घ’टनाबारे खुल्ने प्रहरी निरीक्षक थापाले बताएको खबर गोरखापत्र अन’ला’इनमा प्र’काशित भएको छ ।

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया