
काठमाडौं, पुस २४ गते / हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् । विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छ’ल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन् ।
नेपालमा हिउँदे आगन्तुक पानी चराको गणना सुरु भएको छ । सिमसारयुक्त केही विशेष स्थलबाहेक अन्यत्र विदेशी चरा कम बास बस्न थालेको गणनाक्रममा फेलापरेको छ। शनिबार काठमाडौँको बागमती नदी र टौदहमा आएका पानी चराको गणना भयो ।
यहाँ खटिएका गणना संयोजक टेकबहादुर घर्तीले यस क्षेत्रमा हरेक वर्षजसो विदेशी पानी चराको आमगन कम हुँदै जान थालेको पाइएको बताए । टोलीले बिहानैदेखि बागमती नदीकिनार र टौदहको सेरोफेरोमा चरा गणना सुरु गरेको थियो ।
उनले शनिबार अपराह्न गणना सक्दा जम्मा तीन प्रजातिका आगन्तुक चरामात्र फेलापरेको जानकारी दिए । उनका अनुसार उत्तरी गोलार्द्धका मङ्गोलिया र साइबेरियाबाट आएका खडखडे हाँस करिब २६ वटा, बिजुला गैरी ३६ वटा र जलेवा करिब २० वटा फेलापरेका छन् । आजको गोरखापत्र दै’निकबाट ।
यो प’नि :- सङ्कटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि
कास्की / सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ ।
पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो ।
सङ्कटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सङ्कटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक–एक गोलको योगदान गर्नुभयो । उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे।
खेलको सातौँ मिनेटमा सुरजज्यू ठकुरीको गोलमा सङ्क’टाले अग्रता लिएको थियो । यसैगरी खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्ब’र बनाउनुभएको थियो । भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो ।
खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन । निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर एक सय १७औँ मिनेटमा सङ्कटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाएका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सङ्कटाका सुनिल बल घोषित भए। उनले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे। उत्कृष्ट मिडफिल्डरमा सङ्कटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा सङ्कटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड सङ्कटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा सङ्कटाका सल्यान खड्गी घोषित भए। उनीहरु सबैले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे।