शनिबार २३ मंसिर २०८०

पहिले भाकल भनेको के हो ? भन्ने प्रश्नको जवाफतर्फ लागौँ, भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । एक किसिमले भनौभने भाकल भनेको भाका नै हो ।

भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु अथवा भेटी पैसा नै चढाउँछु भनी कुनै मन्दीरमा या आफ्नो मन मनै गरिने भाका हो ।

भाकल देवी देवतालाई गरीने अत्यन्तै महत्वपूर्ण बाचा हो र यो पुरा गर्नै पर्दछ । किनकी भाकल गर्ने व्यक्तिले यसो गर्छु गर्दिन भनेर बा’चा क’सम खाएको हुन्छ । देवी देवतालाई गरिने भाकल भनेको एक ग’म्भीर कुरा हो भनी हाम्रो धर्म शास्त्रले बताएको छ । धर्मशास्त्रमा भनिएको छ कुनै मानिसले देवीदेवताको निम्ती भाकल गर्छ भने त्यो भाकल कहिले पनि भं’’ग गर्न हुदै*न ।

जसको मन बाट जुन कुरा निस्कीएको छ त्यो कुरा पुरा गर्नै पर्दछ । भाकल जुन समयमा बुझाउँछु भनेको छ सो समयमा बुझाउनै पर्दछ नत्र देवीदेवता त्यो व्यक्ति सँग प्रसन्न कहिले पनि हुँदैनन भन्ने हाम्रो धर्मशास्त्रमा उल्लेख छ ।

के भाकल गरेपछी भाकल बुझाउनै पर्दछ त ? हो यदी कसैले कुनै कुरा मागी भाकल गर्दछ यसो गरी दिए यति समयमा यस्तो गर्छु भन्ने भाका गर्दछ भने त्यो कुरा उसले अवश्य पुर्याउनु पर्दछ ।

यसको बैज्ञानीक कारण यस्तो छ : यदि कसैले भाकल गरे अथवा कुनै कुरा गर्छु भनी भाका गर्दछ त्यो समयमा त्यसले आफुले बोलेको भाका पुरा गर्न सकेन भने उसको शरिरमा भएको आज्ञा चक्रले काम नगरेको भन्ने बुझिन्छ अथवा उ कुनै पनि कुराको निर्णय लिन नसक्ने मान्छे भन्ने बुझिन्छ । उसले कुनै पनि कुरामा अडिक रहन सक्दैन ।

त्यसैले आफुले बोलेको कुरा पुरा गर्न सक्ने मान्छे मात्र जिवनमा अघि बढ्दछ । त्यसैले भाकल (भाका) बोल्दै नबोलौ बोलेको कुरा पुरा गरौं, सत्य मानिसको साथ सबैको आशिर्वाद प्राप्त गर्दछ र त्यस्ता मानिस सँग देवीदेवता पनि प्रशन्न हुन्छन् भन्ने हाम्रो मान्यता छ ।

यदी कसैले भाकल बोलेर पुरा गर्दैन भने उसको भाग्य नै बि’ग्रिएर जान्छ किनकी हाम्रो जिवनको सात चक्र मध्ये सबै भन्दा महत्वपूर्ण चक्र भनेको आज्ञा चक्र नै हो ।

आज्ञा चक्र भनेको हाम्रो सात चक्र मध्येको राजा चक्र हो । जसको आज्ञा चक्रै बिग्रन्छ उसले जिवनमा कहिले पनि उन्नती प्रगती गर्न सक्दैन । त्यसैले आफ्नो आज्ञा चक्र बलियो बनाउने वा कमजोर बनाउने आप्नै भित्र भएको कुरा हो । त्यसैले आप्mनो आज्ञा चक्र बलियो बनाउनु छ भने आफुले बोलेको भाकल समयमै पुरा गर्नु पर्दछ ।

नबुझाएमा के हुन्छ त ? आज्ञा चक्र कमजोर भएपछि मानिसहरु धेरै कुरा सोच्न थाल्दछ आफुले गरेका कामहरु बि’ग्रिन थालेपछि उसले आफुले गरेको भाकलहरु सम्झन थाल्दछ र यसो हुँदा उसले भाकल बोलेको देवीदेवता सम्झन थाल्दछ ।

धेरै सोच्दा सोच्दै उसले आफ्नो सपनामा देवी देवताहरु देख्न थाल्दछ र देवी देवताले आप्mनो कामहरु रोके भनी देवी देवतालाई नै गा’ली गर्न थाल्दछ ।त्यसैले आफुले बोलेको भाकल समयमै पुरा गरी आफ्नो आज्ञा चक्रलाई कमजोर हुन नदिऔं । यहीमै आफ्नो हित हुनेछ ।

यस्तै,पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन ।

लिम्बू भाषामा “मुक्कु”को अर्थ श’क्ति वा ब’ल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बू जातिहरू पाथीभरा देवीलाई श’क्ति वा ब’लको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया