शुक्रबार १२ आश्विन २०८०

गोरो वर्ण, अग्लो शरीर, न दुब्लो, न मोटो, सदाबहार मध्यम खाले शरीर । मैले जीवनको चौबिसौं वसन्त पार गर्दै गर्दाको जोस र उमङ्ग भन्दा बुवाले जीवनको उन्साठीऔँ वसन्त पार भैसक्दाको जोस र उमङ्गमा कति कति अन्तर ?

उहाँको निडर, हक्की ,इमानदारी र जस्तोसुकै परिस्थिति पनि सहजै स्वीकार गर्न सक्ने क्षमता समाजमा हजुरको योगदान समाजको हजुर प्रती को सकारात्मक दृष्टिकोण देखेर निकै डा’हा लाग्थ्यो । तीन दाजुभाइ मध्येको कान्छो,छोरा भएर यस धर्तिमा जन्म लिएको म पनि टुहुरो र बेस’हारा बनेको बर्ष दिन बित्यो ।

कहिलेकाहीँ त लाग्छ बुवा भन्दा म पो भाग्यमानी रहेछु । उहाँले त ३ वर्षमा जन्म दिने आमा र १२ बर्ष को उमेरमा बुबा गुमाउनु भएको रहेछ । मैले त कम्तीमा अहिलेसम्म नि आमा भनेर आमाको न्यानो काखमा लुटुपुटु गर्न पाइरहेको छु र आमालाई घु’र्की लगाउन पाइरहेको छु ।

अरूलाई दुः’ख, वि’योग र चो’ट पर्दा घण्टौँ बसेर सान्त्वना दिएर खुसी रहन सिकाउने म आफूलाई दुः’ख र वि’योग पर्दा सम्हालिन नसक्ने भई अबु’झ भएको छु । म मात्रै हैन, सबै परिवार अबुझजस्तै भएका छौँ ।

एउटा गरिबको छोरो भएर जन्मिएर सानोतिनो भए नि सरकारी जागिर खानु भएको बुवाले परिवारको लागि अनि छोराछोरीको लागि गर्नुभएको त्याग र तपस्याको बयान गर्ने कुनै शब्द नै छैन । तीस वर्षसम्म बिहान तिन घण्टा र साँझ तिन घण्टा उकालो र ओरालो गर्दै जागिर खाँदा हजारौँ जुकाले चु’सेको, जङ्गलमा बाघले ल’खेटेको ।

भिरबाट ढुङ्गा खसेर चो’ट लागेको, वर्षा यामको झरी र हिउँद महिनाको असिना पानीले चुट्नु चु’टेको अनि गाउँबेशी गर्दा पराल र धानको भारी बोकेर बनेको ब’ज्र शरीरमा लाग्दथ्यो २, ४ सय वर्ष नि केही हुँदैन । तर जन्मेपछि मृ’त्यु आखिर निश्चित छ । अजम्बरी त यहाँ कोही पनि छैन ।

यो सबै थाहा छ र पनि बर्ष दिन बितिसक्दा पनि यो मनले पत्याउन सकेको छैन । लाग्छ, बुवा त त्यही घरको आगनमा बसेर परीपट्टिको बस्ती नियाली रहनु भएको छ । आँगनीमा मुसुमुसु हाँस्दै हिँडिरहनु भएको छ ।

काठमाडौँमा बस्ने छोरा, छोरी सग रमाइलो गफ गर्दे हुनुहुन्छ । छोरी र ज्वाँइसँग दुः’ख सुख साट्दै हुनुहुन्छ । बुवाको अन्तिम समय सम्मको हाँसो र एक किसिमको आत्मवल अनि उ’र्जाले बुवालाई झन् दरविलो बनाएको जस्तो महसुस हुन्थ्यो ।

मृ’त्युको शै’या भन्दा केही घण्टा अगाडिको बुवाको पी’डा अनि छ’टपटी काठमाडौ देखि बझाङ सम्म को त्यो यात्रा पुस महिनाको जाडो घर पुग्दै गर्दा बाटोमा राखेको सेतो कपडा ,दाउराको भारी आगनमा बुबा को लास छेउमा अर्ध’चेत अबस्थामा छ्ट्ट्प’टी रहेकी आमाको अनुहार मानसपटलमा अविछिन्न घुमिरहन्छ । लाग्थ्यो, यत्रो दुःख, क’ष्ट सहेर हुर्काउनु भएको म छोरो भएर बुवालाई केही गर्न सकिन ।

आँखामा आँसुको खोलो वग्दथ्यो । घरमा भयकि आमाको अनुहारमा हेर्दा लाग्थ्यो, उहाँहरूले पनि मैले केही गर्न सकेन भनेर गा’ली पो गरिरहनु भएका हो कि ? बुवाले पनि मेरो छोरोले मैले बोलेको केही बुझेन भनेर गाली पो गर्नु भएको छ कि ? या मलाई आशीर्वाद पो दिइरहनु भएको पो हो कि ? यसरी सोच्दै गर्दा झनै आँ’सु बग्थ्यो । कसैले नदेख्ने गरी घन्टौँ सम्म एकान्तमा रुन्थेँ । यो मन बेचैन हुन्थ्यो । कहाँ जाऊँ अनि के गरूँ जस्तो मात्र हुन्थ्यो ।

मैले मेरो बुवाको मृ’त्यु देख्न पर्ला र ? म मेरो बुवाको ला’सको पछि–पछि म’लामी भएर हिँड्नु पर्ला र ? त्यो हँसिलो अनुहारमा मैले आ’गो बा’ल्न पर्ला र ? मैले अनि आमाले सेतो लुगा लगाएर क्रियामा बस्नु पर्ला र ? दिदी बहिनी अनि आफन्तको चि’त्का’र सुन्न पर्ला र ? खोलामा गएर घिउ भात पकाएर खान पर्ला र ? आखिर यी यस्ता कुराहरू कल्पना गर्ने नसक्ने म भोग्न र गर्न तयार हुनु प¥यो ।

प्रत्येक दिन बेलुकी सुत्ने बेलामा बुबासँग एक पटक फोनबाटै भए पनि सुख अनि दुःखका कुराहरू गरेर निदाउने बानी भएको मैले बुवाको आवाज विना निदाउने बानी पार्न परेको छ । प्रत्येक बर्ष बुबाको जन्मदिन मा जन्मदिन बनाउने त्यो दिन दा’गबत्ती दिनु पर्यो । घर जाँदा बुबासँगै रातभर गफ गर्दे बस्ने अनि सधैँ उज्यालो हुने त्यो घर अनि आँगन सदाको लागि अ’न्धकार बनेको छ ।

तर के गर्नु, मन आखिर बुझाउन नसक्दा नसक्दै पनि आफ्नो दैनिकीलाई अगाडि बढाउनै पर्ने रहेछ । यो पा’पी पेट पाल्न र परिवारमा आफ्नो भूमिका निर्वाह गर्न हजुरले हिँड्न सिकाउनु भएको सत्कर्मको बाटोमा सदा हिँड्नेछु । स्वर्गमै बसेर भने पनि मलाइ सदा आशीर्वाद दिनु होला । यी केही हरफहरू लेख्दै गर्दा आँखाको कुनाबाट निस्केको आँ’सुले थप लेख्न नसक्ने भय अ’ल्बि’दा बुवा । लेखक :- खगेन्द्र प्रसाद जोशी

३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया