
काठमाडौं / सशस्त्र प्रहरी बलको कार्यक्रममा भाग लिन गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखिएको विशेष कुर्सी हटाउन लगाएका छन् ।
मन्त्रीका लागि राखिएको विशेष कुर्सी हटाउन लगाएर प्रहरी अफिसर सरहको कुर्सी मगाएर गृह मन्त्री लामिछाने आफू त्यसैमा बसेका छन् ।
गृहमन्त्री लामिछानेको सचिवालय संयोजक दिपक बोहराले यसबारे फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाएर अरु अफिसर सरह समान किसिमको सोफामा बस्नु भयो उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने । हो, यो हाम्रो पुस्ता हो र हाम्रो पुस्ता लाई थाहा छ, हामी सबै समान हौँ ।’
यो पनि :- अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा :
मध्यविन्दु / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए।
“गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा गर्न नसक्ने अपाङ्ग र विपन्नको गाउँपालिकाले नै बीमा गर्ने छ,” उनले भने, “कार्यविधिअनुसार गरिब तथा विपन्न परिवार पहिचान गरी स्वास्थ्य बीमामा समावेश गरिने छ ।”
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए। सो कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षदेखि बजेटको व्यवस्था गरेको छ ।