
काठमाडाैं / सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन विदा दिने भएको छ।अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख छ। यद्यपि यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन बाँकी छ।
पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक विदा दिने’ उल्लेख छ। मस्यौदालाई शनिबार शीर्ष नेताहरूको बैठकले आधिकारिकता दिएपछि सार्वजनिक गरिनेछ।
सत्तारुढ गठबन्धनमा रहेको राप्रपाले सरकारमा जान राखेको शर्तमध्ये ‘पृथ्वी जयन्तीमा विदा दिनुपर्ने’ पनि उल्लेख थियो । मुलुकमा राजतन्त्र छँदा पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिने गरिएको थियो । राजतन्त्र ढ’लेसँगै बिदा क’टौती गरियो ।
यस बिचमा २०७४ सालमा पृथ्वी जयन्तीका दिन राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री रहेका वेला तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको पहलमा बिदा दिइएको हो ।
यो अ’र्को समाचार :- चिडियाखानाले उ’द्धार गर्नुपर्ने जीवजन्तु घटे :
काठमाडौं / कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उ’द्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ ।
पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ ।
विशेषगरी उद्धार गरेर ल्याइनेमा चितुवा, नीर बिरालो, स्याल, बाँदर, कछुवा रहेका छन् । त्यसमा सबैभन्दा बढी चितुवा ल्याउने गरिएको चिडियाखाननका व्यवस्थापन प्रमुख रचना साहले जानकारी दिए।
उनका अनुसार उ’द्धार गरी ल्याइने अधिकांश जनावरलाई लामो समय स्वास्थ्य उपचार गर्नुपर्छ । उपचारका क्रममा केही म’र्छन् । उपचारपछि राम्रो स्वास्थ्य भएकालाई सम्भव भएसम्म बासस्थानमै लगेर छाड्ने गरिएको छ । केहीलाई स्थानको अ’भाव हुँदाहुँदै पनि यही राखेर व्यवस्थापन गरिँदै आएको प्रमुख साह बताउछन्।
यसरी ल्याइने जनावर काठमाडौँ उपत्यकाका विभिन्न स्थान चोभार, चन्द्रागिरि र केही उपत्यका बाहिरबाट पनि ल्याइने गरिएको छ । उनका अनुसार उ’द्धार गरी ल्याइएका जनावर कोही मानिसलाई आ’क्रमण गर्न आउँदा मानिसले कु’टेर घा’इते भएका त कोही रो’ग लागेर अ’लपत्र अवस्थामा रहेका हुन्छन् । गत वर्ष चिडियाखानाले सानाठूला गरी करिब छ सय जनावरको उ’द्धार तथा उपचार गरेको जनाएको छ ।
हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गर्नुभएको थियो । वि.सं. २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको वि.सं. २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।