
काठमाडौं / नेकपा (एमाले)का नेता तथा सांसद गोकुल प्रसाद बास्कोटाले सरकारलाई पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन सुझाएका छन् । उनले राप्रपाले पृथ्वी जयन्ती बिदा दिन माग गरेको उल्लेख गर्दै सरकारले बिदा दिए हुने बताएका हुन् ।
बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदा दिन सुझाएका हुन् ।
‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ,’ उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘यहाँ उस्तै परे फेवररी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइन।’
एमालेले आज आफ्ना नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै :
नेकपा (एमाले)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई दुई दिने प्रशिक्षण दिने भएको छ । एमाले संसदीय विभाग प्रमुख शिवमाया तुम्बाहाङफेका अनुसार नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको विषयमा सांसदलाई प्रशिक्षण दिन लागिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १ बजे संसद् भवनस्थित ल्होत्से हलमा प्रशिक्षणको उद्घाटन गर्ने उनको भनाई छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने छन् ।
यो पनि :- विपी र मदनभण्डारी राजमार्गको सङ्गममा सुविधायुक्त बसपार्क निर्माण : कमलामाई (सिन्धुली) / सिन्धुलीमा आधुनिक बसपार्क निर्माण गरिएको छ । कमलामाई नगरपालिका–९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।
निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए। “बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका छ, सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौँ,” उनले भने।
बाग्मती प्रदेशको सहयोगमा आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का प्रक्रियामार्फत बसपार्कको निर्माण कार्य अगाडि बढाइएको थियो । बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्या’ङ्गर, यात्रु प्रतीक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, वि’श्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ । एक सय ५० सवारीसाधन अटाउन सक्ने क्षम’ताको बसपार्क निर्माण गरिएको उनले बताए।
आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन् । विपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको सङ्गम भिमानमा बसपार्कको आवश्यकता थियो । यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरेको हो ।
कार्यालय प्रमुख घिमिरेका अनुसार आव २०७७/७८ मा प्रदेश सरकारले रु एक करोड बजेट उपलब्ध गराएकामा रु ९८ लाख ९६ हजार २७ को निर्माण कार्य भएको थियो । आव २०७८/७९ मा रु तीन करोड ३० लाख रकम आएकामा रु तीन करोड १७ लाख ७२ हजार चार सय ६८ को निर्माण कार्य गरिएको थियो ।
आव २०७९/८० मा रु ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ । उक्त रकमले बसपार्कमा बगैंचा बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र चौबिसै घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ती जडान गरिने लगायतका छुटेका निर्माण कार्य सक्ने योजना रहेको उहाँको भनाइ छ ।