शनिबार २३ मंसिर २०८०

बुटवल / बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झ,डप हुँदा एक जनाको नि’धन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झड’पममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय यु’वतीको विषयमा स्थानीयबीचमा झ,डप भएको र उनको नि’धन भएको जनाइएको हो । झड’पमा घा,इते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।उपचारको क्रममा उनको नि’धन भएको प्रहरीको भनाइ छ । घट’नाको थप विवरण आउन बाँकी छ ।

यो पनी :- पूर्णखोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ ।

विराटनगरलाई पूर्णखोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराएका थिए। उनले महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्णखोप लिएको नलिएको यकिन कार्य भइरहेको बताए । महाशाखा प्रमुख अलीले नलिएका बालबालिकालाई खोजी गरेर खोप दिई सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको जानकारी दिए।

महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै १० प्रतिशत बालबालिकाले पूर्णखोप लगाउन बाँकी रहेको सुनाए। सात पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्णखोप लगाएको मानिने उनको भनाइ थियो ।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र बस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्नेमा जोड दिए। प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्णखोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अङ्क समेतमा वृद्धि हुने बताए।

१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया