
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी दल नोपाली काँग्रेसले विभिन्न दलहरुसँग लविङ थालेको छ ।
नेपाली काँग्रेसको सभापति स्वयम र अन्य नेताहरु मार्फत प्रचण्ड नेतृत्वको सरकार ढाल्न काँग्रेस लागि परेको हो । जसका लागि काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादीसँग छलफल गरिरहेको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाए सरकार आफैं ढ’ल्छ । सोही प्रयासका लागि काँग्रेसले हाल सत्ता गठबन्धनमै रहेका दलहरुलाई फु’त्काएर सरकार बाहिर ल्याउने प्रयास गरिरहेको हो ।
स्रोतका अनुसार काँग्रेसले सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफरसमेत दिइसकेको छ । काँग्रेसले राप्रपासँग बिहीबार मात्रै उक्त विषयमा छलफल गरेको थियो । त्यस्तै देउवाले शुक्रबार नै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।
तर यादवले देउवाको भनाइमा काँग्रेसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई नै विश्वासको मत दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जवाफ दिएको जनाइएको छ । उता राप्रपालाई भने प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाट प्रस्ताव काँग्रेसबाटै गएको थियो ।
जसको जवाफमा राप्रपाले अनै’तिक खेलमा नलाग्ने भनेको बुझिएको छ । जस्तोसुकै प्रस्तावहरु आएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्ररी सोचेर परिपक्व निर्णय गर्ने पार्टीका नेताहरुले प्रतिकृया दिएका छन् ।
प्रचण्ड काँग्रेससँगको गठबन्धन तो’डेर एमालेसहितको ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । उनी विश्वासको मत पाउने वातावरण बनाउनमा प्रयत्नशील छन् । उता माओवादीका नेताहरुले भने स्वयम् काँग्रेसलाई पनि प्रचण्डलाई विश्वासको मत दिन निरन्तर आग्रह गरिरहेका छन् ।