
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले यात्रुहरुबाट ज’फ’त भएका १ सय ५१ ओटा मोबाइल सेटहरु लिलामी बिक्रीमा राखेको छ ।
यात्रु जाँ’च’पासका क्रममा अ’वैध ल्याइएका मोबाइल फोनहरु विमानस्थलले निय’न्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।
मोबाइल धनीले समयमै भन्सार शुल्क बुझाउनको लागि सम्पर्कमा नआएपछि विमानस्थल भन्सारको मु’द्दा तथा लिलामी शाखाले मोबाइलहरु लिलामी बिक्रीका लागि सूचना जारी गरेको हो ।
‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गो’प्य शिलबन्दी दरभाउपत्र आहृवान गरिएको छ’ भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । लिलामीको ती मोबाइल खरिद गर्न चाहनेले भन्सार कार्यालयमा गई हेर्न सक्नेछन् ।
विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल मात्र ल्याउन पाउने व्यवस्था रहेको छ । सोभन्दा बढी संख्यामा ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ ।
तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा र सम्पर्कमा नरहेमा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै निय’न्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ । गो’प्य शिलबन्दीमार्फत बढी मूल्य तिर्ने फर्म तथा संस्था जोकोहीले पनि ले ती फोन खरिद गर्न पाउने छन् ।