
पाल्पा / पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घ’टनमा ६ जनाको ज्या’न गएको छ । त्यस्तै १८ जना घा’इते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दु’र्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्या’न गएको हो । बस खुसार्ने पुग्नै लाग्दा बिहीबार राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरा भन्ने ठाउँमा दुर्घ’टना भएको थियो ।
दु’र्घ’टनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, दान कुमारी खत्री, बिमा पाण्डे र गुनी गाहाको ज्या’न गएको मजुङ्गको अस्थाई ट्राफिक चौकीका हवल्दार खिम बिक्रम थापाले जानकारी दिए । मृ’त’क सबै एकै स्थानका हुन् ।
मृ’त’कमध्ये तीन जनाको बसले च्या’पेको अवस्थामा उ’द्धार गरिएको थियो । बस सडकबाट करिब ६० मिटर तल भि’रमा ख’सेको छ । पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उ’द्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।
दु’र्घटनामा घा’ईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । घ’ट’नास्थल सालझण्डी (ढोरपाटन सडकखण्ड) अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ । प्रकाश ढकाल / – न्यु’ज 24 नेपाल बा’ट ।