
धनकुटा,२१ पुष / पानी नपरेका कारण धनकुटा सहित देश भरका ४ जिल्लाको हावा अस्वस्थ्यकार बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारकाठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ ।
हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान तथ्यांकअनुसार भक्तपुर, काठमाडौं, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्युआई एक सय ५३ रहेको छ ।
यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ । उक्त सूचकांकअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।
यो पनि – लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दा’बी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन्।
उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आ’ह्वान गरेको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।
लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि यही पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाइएको छ ।
लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ जना सदस्य आवश्यक हुन्छ । लुम्बिनी प्रदेशको पहिलो पार्टी नेकपा (एमाले) का २९ जना सदस्य छन् ।
त्यस्तै नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का नौ, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार÷चार, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन÷तीन, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका एक÷एक जना र तीन जना स्वतन्त्र रहेका छन् । स्वतन्त्र एक सदस्य भने माओवादीमा फर्केको बताइएको छ ।