
काठमाडौं / पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार प्रतितोला एक लाख एक हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्र’भा’व स्थानीय बजारमा पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबारको दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँश एक हजार ८२५ डलरमा कारोबार भएको सुनको मूल्य मङ्गलबार बढेर एक हजार ९४२ डलर कायम भएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर एक लाख दुई हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले घटेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । विश्व बजार अ’स्थिर रहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।
जनवरी सुरु भएसँगै सुनको मूल्य नि’रन्तर बढ्दै गएको छ । महासङ्घका अनुसार चालू आवको साउन महिनामा प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारो’बार भएको सुनको मूल्य बढेर अहिले प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा पुगेको छ ।