शुक्रबार २२ मंसिर २०८०

नयाँ दिल्ली, २० पुस/ नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदि’राले मा’तेका एक व्यक्तिले पि’साब गरिदिएका र कुनै का’रवाहीमा नपरी उ’म्किएका थिए । घ’टनाको केही हप्ता पछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ ।

नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले ला’परवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।

नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जि’पि खोलेर पि’साब फेरिदिएका थिए ।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए । पि’साब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

महिलाले चालक दलसँग गु’नासो गरेकी थिइन् । उनको लुगा, जुत्ता र झोला पि’साबले भिजेको बताइन् । चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो ।

यो पनि :- ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज:
मध्यविन्दु / नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालन गर्न अस’हज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् ।

जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बिलख’बन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट्राफिक व्यवस्थापन पूर्व नवलपुरबाटै चल्थ्यो ।

ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले राजमार्ग केन्द्रीत यो कार्यालय दशकौँदेखि सडकछेउ भाडाको घरमा सञ्चालनमा रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले बताए।

“पश्चिम नवलपरासीको भूमहीमा जिल्ला ट्राफिकको अत्याधुनिक कार्यालय बनिसक्दा नवलपरासी पूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय २०७२ देखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ,” उनले भने।

अहिले यो भवन जीर्ण छ । पुरानो घरमा यहाँ २२ ट्राफिक प्रहरी कार्यरत छन् । “कोठा अपुग हुँदा समस्या भएको छ,” थापाले भने। पूर्व–पश्चिम राजमार्गको कावासोती–३ मा यसको कार्यालय रहेको छ ।

साँघुरो भवनसँगै अगाडि खुल्ला ठाउँ पर्याप्त नभएका कारण काम गर्न असहज हुनाका साथै सवारीसाधन राख्नसमेत समस्या भएको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले बताए।

“हामीले सवारीसाधन यहाँ राख्न नसकेर प्रहरी कार्यालय नजिकको रिफ्रेससेन्टरमा राख्ने गरेका छौँ,” उनले भने, “यसले कार्य सम्पादनमा अ’प्ठेरो परेको छ, पर्खाल नै छैन, बि’ग्रियो भने सवारीसाधन बाटोमै राख्नुपर्छ ।”

नयाँ जिल्लामा नयाँ सदरमुकामको प्रारूप तयार भई सङ्घ तथा प्रादेशिक कार्यालयलाई जग्गा छुट्याइँदा पनि जिल्ला ट्राफिकका लागि भने जग्गाको टुङ्गो लाग्न सकेन ।

ट्राफिक प्रहरीले सडकसँग जोडिएको जग्गा खोज्दैआएको छ । दैनिक सडकको ट्राफिक व्यवस्थापनलगायत काममा संयोजन गर्न मुश्किल हुने गरेको छ । “समस्याबारे सबैलाई अवगत गराएका छौँ,” उनले भने।

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया